2026 April 30/ 10:11: 48am

धुलिखेल/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल, उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोक, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक, जिल्ला समन्वय समिति र उद्योग वाणिज्य संघ, धुलिखेलले संयुक्त अनुगमन गरेको छ । 
    अनुगमन टोलीले होटल आगन, धुलिखेल ४, काठमाडौ विश्वविद्यालयको सि.भि.रमन क्यान्टिन, फास्ट फुड क्यन्टिन र खाना मेसको अनुगमन गरिएको छ । यसअघि काठमाडौ विश्वविद्यालय हाई स्कुलको क्यान्टिन पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य भण्डारण, मेसको प्रयोग तथा सरसफाई लगायतका विषयमा भएका गतिविधिहरुलाई अझै सुधार गर्न सुझाव दिईएको थियो । अनुगमनका क्रममा प्राप्त म्याद नाघेका बस्तुहरु नष्ट गरिएको थियो । 
    अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोककी कार्यालय प्रमुख, मनिषा चापागाई, उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकका निरिक्षण अधिकृत रबिन्द्र चौलागाई, जिल्ला समन्वय समिति काभ्रेका ईन्जिनियरप्रवेश आचार्य, जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रशान्त पनेरु, उद्योग वाणिज्य संघ, धुलिखेलका अन्नतकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । किचेनमा काम गर्ने कामदारहरुका लागि एप्रोन, हेयरनेटको व्यवस्था गर्न, तारेर÷पकाएर खाईने खाद्य पदार्थमा सिन्थेटिक खाद्य रङ्गको प्रयोग नगर्न, उपभोग्य अवधि समाप्त भएको खाद्य सामग्री एक्सपायर जोन बनाएर अलग स्थानमा भण्डारण गर्न, किचेनमा प्रयोग गरिने डस्टबिनहरुमा अनिवार्य ढक्कन÷बिर्को लगाउन, पाकेको, काँचो र मासुजन्य खाद्य पदार्थहरुको लागि अलग अलग  चपबोर्डको व्यवस्था गरी प्रयोग गर्न,फ्रिज सफा गर्न र खाद्य पदार्थहरु छोपेर सुरक्षित तापक्रममा भण्डारण गरेर राख्न निर्देशन दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोककी कार्यालय प्रमुख मनिषा चापागाईले बताईन् ।