2026 April 30/ 10:11: 39am

    बनेपा/घर–घर देखि एमाले प्रतिको जनलहर, जनविश्वास र जनआकाँक्षालाई सम्बोधन गर्ने प्रयत्न नेकपा एमालेले गरेको छ । एमालेले प्राप्त गरेको नागरिकहरुको अपार माया र सद्भाव सहितको उत्कट चाहनालाई लिपिबद्ध गरी सरकारको नेतृत्व गरेका बखत त्यसलाई अक्षरस कार्यान्वन गर्ने उम्मेदवारहरुले बताएका छन् । 
    नेकपा एमालेले काभ्रे क्षेत्र नम्वर १ मा अमित लामा, क्षेत्र नम्वर २ मा अशोक ब्याञ्जु र समानुपातिक तर्फ इन्द्र तामाङ, सुमित्रा भोक्षिभोया र भक्तकुमारी लामालाई उम्मेदवार बनाएको छ । पाँच जना उम्मेदवार नै जनतासँग नजिक, जनताको दुःख सुखका सारथी र नेकपा एमालेको नीति, सिद्धान्त र विचारप्रति प्रतिबद्ध छन् । ‘२०५४ साल देखि निरन्तर जनताको सेवामा सक्रिय भएकै कारण जिल्लाको एकीकृत विकासका लागि अवधारणा ल्याउन सक्यौं’–क्षेत्र नम्वर २ का उम्मेदवार अशोक ब्याञ्जुले भने–‘जनताको मतको सधै सम्मान र सदुपयोग गरिरहेका छौं ।’ 
    ‘नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको समयमा शुरु गरेका राष्ट्रिय गौरवका आयोजनाहरु जिल्लामा संचालनमा छन् । मुलुकलाई सुरुङ्गमार्गको विकासमा प्रवेश गराएको एमाले नेतृत्वको सरकारले हो । एमाले विगत देखि भविष्यसम्म आम नागरिकहरुको पार्टी हुनुको त्यहि विश्वास हो । चाहना हो । अपार माया र मुलुकप्रति एमालेले गरेको दृढ संकल्प हो । स्वाभिमान हो’–उम्मेदवार समेत रहेका एमाले केन्द्रीय सदस्य अशोक ब्याञ्जुले भने–‘नेकपा एमाले आम नागरिकहरुको पार्टी हो । मुलुकका हरेक क्षेत्रको निर्माण, समृद्धि र नागरिकहरुको खुशीका लागि एमालेका नीति तथा कार्यक्रमहरु संचालन हुने गरेका छन् । २०५१ सालको एमाले नेतृत्वको सरकार होस् वा त्यस पछि एमालेले एक्लै र सहकार्यमा नेतृत्व गरेका सरकार हुन् एमालेले जनमुखी कार्यक्रमहरु ल्याएको छ । जनमुखी कार्यक्रम मार्फत आम नागरिकहरुको अनुहारमा खुशी छर्ने कार्य गरेको छ । एमालेको त्यहि नीति सरकारमा रहँदा वा पार्टीले हरेक मोर्चाहरुमा सहभागिता जनाउँदा नागरिकहरुको हित, नागरिकहरुको खुशी र मुलुकको समृद्धिलाई पहिलो प्राथमिकतामा राख्ने गरेको छ ।’
    एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले राष्ट्रियता, मुलुकको सार्वभौमिकता तथा साँस्कृतिक, आर्थिक र सामाजिक उत्तरदायित्व एमालेको प्रमुख विषय भएको बताए । ‘जसले जिल्लाको मात्रै होईन मुलुककै विकासको खाका कोरेको छ । नेकपा एमालेको नेतृत्वमा सबल, समृद्ध, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना बनाएका छौं । जिल्लाको पाँचौ अधिबेशनबाट नै हामीले समृद्ध काभ्रेको खाका तयार पारेका थियौंं । अहिले त्यसलाई निरन्तरता दिने कार्य भएको छ’–उनले भने– ‘त्यहि योजनालाई परिस्कृत र अझै सबल बनाउँदै समृद्ध काभ्रेली, नमुना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरुलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेको छौं ।’
    ‘योजनाहरुलाई एमालेको नेतृत्व सत्तामा पुग्दा कार्यान्वयन गरेको छ भने सत्ता बाहिर रहँदा कार्यान्वयनका लागि दबाब दिएका छौं । एमालेले पास गरेका नीति तथा कार्यक्रम र योजना मुताविक २०७४ को निर्वाचन पछि हाम्रै नेतृत्वमा अरबौको बजेटका योजनाहरु जिल्लामा शुरु भएका छन् । जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले सरकारमा पु¥याएको पहुँचका कारण जिल्लामा गौरवका राष्ट्रिय आयोजनाहरु शुरु हुन सकेका छन्’–उनले भने–‘सडकहरु कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाब्य करिडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितको बस्ति ब्यवस्थापन गर्ने, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पुर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्ने, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजनामा छौं । धुलिखेलमा हाम्रो नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुको टिमले नमूना सभा हल निर्माण गरिसकेको छ ।  एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोवुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गुरु योजना तर्जुमा गर्ने योजनामा छौं ।’
    ‘प्रकृति तथा सम्पदा संरक्षण र पर्यटनतर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै ब्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आर्कषणको रुपमा विकास गर्ने, पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउने, नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने, तेमालको ऐतिहासिक दरवार उत्खनन् र संरक्षण गरि आवश्यक पूर्वाधार निर्माण गर्ने, बेथान्चोक नारायणस्थानमा आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने, रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्ने, पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुमडाँडाबाट सुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्ने, बनेपाको बासुकी, टनचोक, ठुलीचौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्ने, मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप ब्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यक प्रचारप्रचार गर्ने, भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने योजना निर्माण गरेका छौं’–अध्यक्ष भुर्तेलले भने–‘धुलिखेलको देवीस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने, श्रीरामपाटी क्षेत्रको उत्खनन् गरी संरक्षण गर्ने, अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रबद्र्धन गर्ने, हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तब्य निर्माण गर्ने, नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने, भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने, सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने, परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने र वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण गर्ने योजना बनाएका छौं ।’
    ‘कृषि पशुपालनतर्फ सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकूल फलफुल उत्पादनमा प्रोत्साहन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने, चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगंैचा निर्माण गर्ने, बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने, ब्यवसायिक पशुपालन र ब्यवसायीक तरकारी खेतिमा जोड दिने, जिल्लामा एम्बुलेन्स सहितको सुविधासम्पन्न पशु अस्पताल निर्माण गर्ने, कृषि तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने योजना बनाएका छौं’–उनले भने–‘विश्वविद्यालय तथा शैक्षिक क्षेत्रतर्फ पाँचखालमा शुरु भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई थप तिब्रता दिने, काभ्रे जिल्लामा त्रिविको आङ्गिक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने, हरेक विद्यालयमा विज्ञान गणित र आईटी पठनपाठनलाई ब्यवस्थित गर्ने, खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने योजना बनाएका छौं ।’ 
    ‘अन्य पूर्वाधारतर्फ फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने, माउण्टेन स्पोर्टस् एकेडेमीको निर्माण गर्ने, हरेक नगर तथा पालिकाहरुमा नमुना र ब्यवस्थित शहर निर्माण गर्ने, हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने, जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने, सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने, पर्यटनलाई जोड दिने, सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने, पुरातात्विक तथा साँस्कृतिक संग्राहलय निर्माण गर्ने, एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने, दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिबी उन्मुलन गरी शिक्षा,  स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने योजनामा छौं । धुलिखेलले सहस्राव्दी विकासका चारवटा लक्ष्य पूरा गरिसकेको छ । एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा महिला, युवा, दलित र गरिब परिषद्हरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने, एक पालिका एक अत्याधुनिक ब्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने, एक पालिका एक अनाथालय स्थापना गर्ने, जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको ब्यवस्था गर्ने एमालेको नीति छ । त्यहि नीतिलाई हामी सत्तामा हुँदा कार्यान्वन गर्छाै र सत्ता बाहिर हुँदा कार्यान्वयनको पहल गर्छाै । धुलिखेलले परिषद् गठन गरी त्यो कार्य प्रारम्भ गरिसकेको छ’–उनले भने । 
    ‘हामी दूरदर्शी छौं । जिल्लाको विकास र समृद्धिका लागि पछिसम्म हित हुने खालका योजनाको तयारी गर्छाै । सबै बस्तिमा ईन्टरनेट सेवा पु¥याउने, सिंगो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने छौं ।  प्राकृतिक श्रोत, विपद् अवस्था, कृषि उत्पादन, बस्ति विकास गर्न सकिन्छ । ह्याण्डी क्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने, जिल्लाको माईक्रो इकोनोमिक्स स्टाटस अनुसन्धान गर्ने, रासायनिक मलको भण्डारण क्षमता बृद्धि गर्ने, जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना बनाउने, जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने, कम्पोष्ट मल उत्पादन र पानी सुद्धिकरण सहितको एकीकृत फोहोर मैला ब्यवस्थापन आयोजना सञ्चालन गर्न सकिन्छ । १३ वटै पालिकाको समृद्ध विकास र नागरिकहरुको आयआर्जन बृद्धि गर्न उपत्यकाबाट पाँचखालसम्मको सुरुङ मार्ग निर्माणको योजनालाई सशक्त रुपमा कार्यन्वयन गर्नेछांै । सपना देखाउने मात्रै होईन पूरा गर्ने दृढ संकल्प नेकपा एमालेसँग मात्रै छ’–उनले भने । नेकपा एमालेबाट विजयी भई मन्त्री भएका नेकपा एमालेका नेता गोकुल बास्कोटाको कार्यकालमा शुरु भएका र अधुरा आयोजनाहरुको पूर्णताका लागि नेकपा एमालेको सशक्त उपस्थिति र एमालेका उम्मेदवारहरुको विजयी आवश्यक रहेको उनले बताए ।