बनेपा/निष्ट कलेज बनेपाले स्नातक तह २०७७ ब्याचका उत्तिर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान तथा विदाई गरेको छ ।
बीएससी, सीएसआईटी, बिआइम र बीसीए २०७७ ब्याचका विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति, प्रा. डा. तीर्थराज खनियाँले सम्मान गरेका हुन । प्रमुख अतिथी खनियाँले विद्यार्थीहरुले देशलाई नै माया गरेरे देशलाई सम्मुनत बनाउन लाग्नुपर्ने बताए । प्रविधिको तिब्र विकास भएकाले पढाईलाई ब्यबहारमा उतार्न विद्यार्थीहरुलाई खनियाँलाई आग्रह गरे ।
कार्यक्रममा कलेजका अध्यक्ष डा. माधव प्रसाद बरालले १४ वर्ष अघि जुन उद्देश्यका लागी खोलिएको क्याम्पसको उद्देश्य पूरा भएको बताए । काभ्रे जिल्लामा आईटी सम्बन्धी कलेज आवश्यक भएको र आफुले त्यो विद्यार्थीहरुको चाहना र आवश्यकता पूरा गरेको बताए । निष्ट कलेज शिक्षा क्षेत्रमा छुट्टै पहिचान र ब्राण्ड बनिसकेकाले विद्यार्थीहरुले चाहेको शिक्षा पूरा गरेको बरालले बताए ।
कार्यक्रममा निष्ट कलेजका निर्देशक प्रणिता शर्मा बराल, कार्यकारी निर्देशक डा.राजेन्द्र घिसिङ, क्याम्पस प्रमुख दिपक भट्ट, विद्यार्थीहरु जमुना हुमागाई, रेमन्स सिग्देल र असिम चौलाई लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख रजिब श्रेष्ठ प्रशासन प्रमुख पुण्यप्रसाद कटेल, स्नातक कार्यक्रम संयोजक समिश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य क्याम्पस प्रमुख दिपक भट्टले र सञ्चालन सहायक क्याम्पस प्रमुख रजिव श्रेष्ठले गरेका थिए ।









