2026 August 02/ 12:14: 24am

    धुलिखेल/११ औं उद्योग दिवसको अवसर पारी उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलले जिल्लामा संचालित उद्योगहरुका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरेका थिए । 
    उद्योग तथा बाणिज्य कार्यालय काभ्रेका प्रमुख रविन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले उत्पादनको गुणस्तर, बजारीकरण र उद्यमशिलतालाई ब्यवसायीकतामा जोड दिनु पर्ने बताए । कार्यालय प्रमुख घिमिरेले समग्र उद्योगहरुको अवस्था, उद्यमीहरुको सक्रियता र विविधतामा प्रविधिका विषयमा धारणा राखेका थिए । उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य मञ्जकुमार कोँजु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य, बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार तथा पदाधिकारीहरु, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ लगायतका पदाधिकारीहरु, विभिन्न नगरका उद्योग बाणिज्य संघका पदाधिकारीहरु, उद्यमीहरुको सहभागिता रहेको थियो । उद्योग दिवसका अवसरमा धुलिखेलमा उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । 
    उद्योग दिवसमा सम्मानित हुनेहरुमा कालीप्रसाद पाण्डे, नोकराज गिरी, अन्जना श्रेष्ठ, भक्तलाल श्रेष्ठ, रिता कर्माचार्य, रोजना श्रेष्ठ, मंगललाल सुवाल, मिरा श्रेष्ठ लगायत छन् । सम्मानितहरुलाई दोसल्ला, प्रमाणपत्र लगायतले सम्मान गरिएको थियो । कार्यक्रममा गिता पुर्काेटीको स्वागत र रविन्द्र चौलागाईको संचालन रहेको थियो ।