2025 December 16/ 04:46: 16am

    बनेपा/‘हरेक सुचनाको मन्थन, पारदर्शिता र निष्पक्षताको प्रबद्र्धन’ भन्ने मुल नारा लिएर २०८० मंसिर ११ देखि प्रारम्भ भएको मदानी विट डट कम अनलाईनले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्ष पूरा गरेको छ । पाठकहरुको रुची र चाहना अनुरुप समसामयीक सामग्री प्रकाशन गरी लोकप्रिय बनिरहेको मदानी बिट डट कमले तेश्रो वर्ष प्रवेशका अवसरमा थप कार्यक्रम घोषणा गरेको छ । 
    ‘शब्दमा शक्ति, मिनेटमा मन्थन’ । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण तथा नागरिकहरुका तमाम आवश्यकताहरुलाई विषयगत रुपमा प्रस्तुत गरी सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियानमा अनलाईनले विशेष भूमिका खेल्ने गरी विभिन्न स्तम्भहरु प्रकाशन गर्ने जमर्काे लिएको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिए । ‘हरेक पुस्ताका नागरिकहरुको आवाज बन्दै राष्ट्र र राष्ट्रियता प्रतिको दायित्वबोध पूरा गर्ने छौं’–अध्यक्ष तिमल्सिनाले भने–‘मदानीले दहि मथले झै समाजका हरेक खाले विषयबस्तुलाई रुपमा प्रस्तुत गर्नेर्छाै ।’ 
    मदानी विट डट कमको २०८० मसिंर ११ गते सुचना तथा संचार प्रविधि पूर्व मन्त्री गोकुल बास्कोटाले शुभारम्भ गरेका थिए । दोश्रो वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सूचना तथा संचार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग सहभागी थिए । गुणस्तर र जिम्मेवारी बहनमा परिपक्व बन्दै अनलाईनले नागरिकहरुको सुसुचित हुने अधिकारलाई सुरक्षित गरेको छ । आम नागरिकहरुमा सुचनाको हक स्थापीत गर्दै हरेक नागरिकहरुको न्यायमा पहँुच मार्फत जीवनस्तर उकास्ने सामाजिक उत्तरदायित्व सहितको जिम्मेवारी निर्वाह मदानी विटले पुरा गरिरहेका सम्पादक श्याम सापकोटाले बताए । प्रत्येक नागरिकको आवाज र विश्वसनियतालाई प्राथमिकतामा राखेर अनलाईनले सामाग्री प्रकाशन, प्रसारण गरिरहेको सम्पादक सापकोटाले बताए । समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेल्दै त्यसबाट निस्किएको सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गरिरहेको मदानी विट तेश्रो वर्ष प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठक, दर्शक, श्रोता तथा शुभचिन्तकहरुमा अनलाईनका तर्फबाट आभार ब्यक्त गरिएको छ । चेष्टा साप्ताहिक मदानी विट डट कमको निरन्तर सफलताको शुभकामना ब्यक्त गर्दछ ।