2026 August 02/ 01:47: 15am

    बनेपा/बनेपा नगरपालिकलिको लायकु मञ्चमा आज बाट  २२ गते सम्म श्री श्वेतकाली १२ वर्षे देवीनाच पर्व हुने भएको छ । पर्व तयारी सम्पन्न भएको बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले बताईन् ।  
    बनेपामा देवीको विधिवत प्रस्थान गराई आज  दिउँसो २ बजे प्राचीन बनेपाको लायकु गणेशस्थान आईपुग्ने जनाएको छ । लायकु गणेशस्थान स्थित आखाः (विधिवत् देवी प्रस्थान गराउने ठाउँमा हुने विधि पूजापश्चात दिउँसोको करिब ५ बजे सांस्कृतिक बाजागाजासहित मंगलयात्रा गर्दै देवीलाई लायकु प्रवेश गराई साँझको करिब ६ः३० बजे लायकु डबलीमा प्रवेश गर्ने तत् पश्चात साँझ ७ बजेदेखि मध्यराति करिब १२ बजेसम्म श्रीको पहिलो चरणको देवीनाच सम्पन्न गरेपछि तोकिएको स्थानरशिविरमा गई आराम गर्ने छ । पर्वको दोस्रो अर्थात कार्तिक २१ गते बिहान करिब ७ बजेबाट श्री करुणामय (सुथःमाजु) को बिधिवत नाच सुरु भएसंगै दोस्रो चरणको देवीनाच आरम्भ हुनेछ । साँझको करिब ८ बजेसम्ममा देवीका सम्पूर्ण नाचको कार्यक्रमहरु सम्पन्न गराई आखाःमा प्रवेश गराई नाचका सम्पूर्ण कार्य विसर्जन गरिनेछ । त्यसपछि सम्पुर्ण गुठीयारका साथै सहयोगीहरु तोकिएको समय, स्थानमा रात्रिको खाना पश्चात शिविरमा आराम गर्ने । तेसा्रे दिन कार्तिक २२ गते अन्तिमदिन बिहान डबली तथा आखाः मा विधिवत पूजा गरी प्रसाद ग्रहण पश्चात दिउँसो करिब १ बजे भक्तपुरबाट बिदाभई देवीलाई काठमाडौं नरदेवी स्थित देवीको द्यःछँमा विधिवत लसकुस गरी भित्राइने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । पत्रकार सम्मेलनमा नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ की कार्यवाहक अध्यक्ष मनिष तामाङ नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, स्थानीय, विभिन्न धर्म संस्कृतिविद्हरुको सहभागिता रहेको थियो ।