2026 August 03/ 06:21: 03am

    बनेपा/आदर्श आर्थिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ । 
           साधारण सभाबाट जेन बादेको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । समितिको उपाध्यक्ष मैया श्रेष्ठ, सचिव रामशरण तिमल्सिना, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा सञ्चालक सदस्यहरुमा राजेन्द्र घिमिरे, उर्मिला रंजितकार, जीवन पोखरेल, प्रेमकृष्ण बादे श्रेष्ठ र राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षक समितिको संयोजकमा बुद्धकुमार मानन्धर सदस्यहरूमा राजन मानन्धर र नवराज दाहाल निर्वाचित भएका छन् । संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक  प्रतिवेदन सचिब जेन बादेले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामशरण तिमल्सिनाले तथा लेखा प्रतिबेदन संयोजक राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए । 
           संस्थाको कुल वासलात रु २१ करोड ३६ लाख ६० हजार ९ सय २३, जगेडा कोष रु १ करोड ३३ लाख ४२ हजार, कुल बचत रु १७ करोड ७७ लाख ३८ हजार, कर्जा लगानी रु १४ करोड ६५ लाख, शेयर पूँजी १ करोड ८५ लाख बताईएको थियो । संस्थामा ४ हजार सदस्य रहेको, सदस्यहरूलाई पारिवारिक राहत, दुर्घटना बीमा, सुत्केरी राहत, दैविक प्रकोप राहत तथा बालबालिकाहरुलाई स्टेशनरी वितरणजस्ता सामाजिक उत्तरदायित्वपरक कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको व्यवस्थापक भरत तिमल्सिनाले बताए । 
सभामा  सचिव रामशरण तिमल्सिनाले संस्थाले आफ्ना सदस्यहरूलाई समयानुकूल सुविधा प्रदान गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी सेवासहित विस्तार गर्ने योजना रहेको बताए । विषम परिस्थिति र चुनौती पूर्ण समयमै पनि संस्थाले आफ्ना सदस्यहरूको चाहना र आवश्यकता अनुसार दैनिक सेवा प्रवाह गर्न सफल भएको तिमल्सिनाले बताए ।