
महाभारत/लगाातार दोस्रोपटक शून्य बेरुजु कायम गर्न सफल काभ्रेको महाभारत गाउँपालिकालाई महालेखापरीक्षकको कार्यालयले सम्मान गरेको छ ।
६७ औं वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको बेरुजु शून्य देखिएको भन्दै महालेखाले गाउँपालिकालाई सम्मान गरेका अध्यक्ष जिम्बाले बताए । निष्ठा र कानुन सम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको उनको भनाई छ । उनले पालिकालाई सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । अघिल्लोपटक पनि महाभारत गाउँपालिकाको बेरुजु शुन्य थियो । देशमा आर्थिक अनुशासनहीनता बढ्दै बेरुजुको आकार बर्सेनि बढ्दो रहेको अवस्थामा महाभारत गाउँपालिका लगातार दोस्रोपटक बेरुजु शून्य गराउन सफल भएको हो ।