2025 July 14/ 06:07: 44am

         बनेपा/माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा काभ्रेबाट दुई छात्राले चार जीपीए ल्याएका छन् । 
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार बनेपा नगरपालिका–१३ स्थित विकटेश्वर माविकी जिया खत्री र बनेपा १४ को ग्रेसल्याण्ड अंग्रेजी विद्यालयकी प्रकृति दुलालले ४ जीपीए सहित जिल्ला प्रथम भएका छन् । ४ जीपीए प्राप्त गर्ने दुवै विद्यार्थी संस्थागत विद्यालयका हुन् ।
        ४ जीपीए ल्याउने विकटेश्वर विद्यालयकी जिया खत्री लाई एक कार्यक्रमका विच विद्यालयले सम्मान गरेको छ । प्याब्सनका केन्द्रिय उपमहासचिब भिमसेन केसीले खत्रीलाई सम्मान गर्दै मेहनतको प्रतिफल पाएकोमा बधाई दिएका थिए । केसीले संस्थागत विद्यालयहरुको प्रत्येक वर्ष नतिजा राम्रो आउने बताए । विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण उक्त नतिजा प्राप्त गरी जिल्लाकै नाम राख्न सफल भएकोमा केसीले धन्यबाद दिएका थिए । 
         कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुँवर, १३ का वडा अध्यक्ष रामलाल दुवाल, वडा सदस्यहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिती रहेको थियोे । विद्यालयका संस्थापक प्रिन्सिपल श्याम बहादुर भुजेलले शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतले विद्यालयले जिल्लाकै नाम राख्न सफल भएको बताए । जिया खत्रीले विद्यालयको मात्रै नभई देशकै नाम उच्च राख्न सफल भएकाले उच्च शिक्षामा समेत यस्तै मेहनत गर्न आग्रह गरेका थिए । विद्यालयबाट २०८१ सालको परीक्षामा  २३ जनाले एसर्ईई दिएकामा शतप्रतिशत उच्च जीपिए ल्याई उतिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । ४ जीपिए ल्याउने जिया खत्रीका बुबा आमालाई समेत विद्यालयले सम्मान गरेको थियो । भुजेलले विद्यालयमा अतिरिक्त कक्षाहरु सँगै प्रविधिको सदुपयोग गर्दे स्मार्ट बोर्ड, नयाँ प्रविधि मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले उक्त प्रतिफल प्राप्त गर्न सफल भएको बताए ।