बनेपा/नाईटिङ्गेल एकेडेमी माध्यमिक विद्यालयमा एसईई परीक्षा २०८१ मा उत्कृष्ट जिपीए ३.९१ सहित शत्तप्रतिशत उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
विद्यालयका अध्यक्ष रत्नकुश रञ्जीतकारले विद्यार्थीहरुलाई बधाई दिँदै अभिभावक शिक्षक र विद्यार्थीहरुको परिश्रम, लगनशिलता र आत्मविश्वासद्वारा उक्त नतिजा प्राप्त गर्न सफल भएको बताए । विद्यार्थीरुको उक्त सफलताले भविष्यमा उच्च शिक्षाको लागी मार्गनिर्देशन प्राप्त गर्न सहज हुने रन्तिकारले बताए । विद्यालयले गुणस्तरीय शिक्षाका लागी कुनै कसर बाँकी नराखी काम गरिररहेको विद्यार्थीहरुको चौतर्फी विकासका लागी कार्य गर्दै आएको रन्जितकारले बताए । विद्यालयमा ३९ जनाले उच्च जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल उमा बस्नेत, विद्यालयका प्रशासकीय अधिकृत विक्रम प्रजापति, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले ब्यबहारिक र गुणस्तरीय शिक्षा, खेलकूद लगायत अतिरिक्त कृयाकलापमा जोड दिँदै आएको बताईन् । विद्यार्थीहरुको चौतर्फी विकासका लागी विद्यालयले काम गर्दे आएको बस्नेतले बताईन् ।





