2025 July 14/ 06:12: 28am

         बनेपा/रोटरी ई–क्लब अफ नमोबुद्धको दोस्रो पदस्थापन तथा चार्टर दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२६÷०२७ का डिष्ट्रिक गभर्नर विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो ।
      कार्यक्रममा डिजिएनडी प्रा डा.आइपी ढकाल, पास्ट डिस्ट्रिक गभर्नर जितेन्द्र राजभण्डारी, संजय गिरी, एनसीए दिनेशराज मानन्धर, पब्लिक इमेज कमिटी अध्यक्ष अमित गिरी, प्रायोजक क्लब अध्यक्ष छेबान देवकोटा, असिस्टेन्ट गभर्नर २०२४÷०२५ भुवन सिंह कुँवर, २०२५÷०२६ का सितु सैंजु, बनेपा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । क्लबकी चार्टर अध्यक्ष गंगा लुइटेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सजना प्रधानले गरेकी थिइन् ।
         यसैबिच आगामी रोटरी वर्ष २०२५/०२६ को अध्यक्षमा शोभा नकर्मीले पदभार ग्रहण गरेकी छन् । समारोहमा वर्ष २०२५÷०२६ को बोर्ड सदस्यहरूको नाम सार्वजनिक गरिनुका साथै नवनिर्वाचित अध्यक्ष शोभा नाकर्मीलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको थियो । सोही अवसरमा विद्यालय सहयोग कार्यक्रम अन्तर्गत जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको, स्वास्थ्य शिविर सञ्चालन गरिएको बताईएको थियो । कार्यक्रममा क्लबलाई सहयोग गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो ।