2026 May 16/ 03:57: 03am

          रवी/सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई दुग्ध उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । 
धुलिखेल नगरपालिका बाट दुग्ध उत्पादक कृषकलाई आर्थिक बर्ष २०८०/०८१ मा दूध उत्पादनका आधारमा कृषकहरुलाई अनुदान वितरण गरिएको संस्थाका अध्यक्ष विदुर कोईरालाले बताए । धुलिखेल नगर पालिका प्रमुख अशोक ब्यान्जुले कृषकलाई अनुदानसँगै दुधमै मुल्य बढाउनुपर्ने बताए । ब्याञ्जुले नगरपालिका भित्र दुधका परिकार बनाउने उद्योग स्थापना गर्ने योजना रहेकाले संस्थाहरुले योजना ल्याउन आग्रह गरे । ब्याञ्जुले भने हामीले दुध बेच्ने एउटै संस्थाको भर भर्दा आज २ वर्ष सम्म किसानको दुधको भुक्तानी नपाएकाले विकल्प खोज्नुपर्ने बताए । सबै दुधका संस्थाहरु मिलि नयाँ योजना नगरपालिकामा ल्याउनु छलफल गरी अगाडी बढाईने ब्याञ्जुले बताए । देशकै उत्कृष्ट दुध सहकारी संस्थाले उद्योग स्थापनाका लागी अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष विदुर कोईरालाले ६ सय २५ जना सदस्यलाई प्रतिलिटर १ रुपयाँ ३० पैसाका दरले ३४ लाख ३४ हजार प्रदान गरेको बताए । सबैभन्दा बढी दुध उत्पादन गरी बेच्ने सदस्य तथा वडा अध्यक्षले ८६ हजार ८ सय प्राप्त गरेको बताए । कोईरालाले भने २ वर्ष सम्म दुधको पैसा नआँउदा समस्या परेको बताउदै सबन्धीत निकायले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष अर्जुन न्यौपाने, धुलिखेल नगरपालिका पशुपन्छी शाखाका अधिकृत पुरुषोतम हुमागाई, सल्लाहाकार केदार कोईराला लगायतले मन्तब्य राखेका थिए ।