बनेपा/बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको छ । वडा क्षेत्र भित्रका गाउँ, टोल र समुदाय बस्ती, गल्ली, मन्दिर परिसर, सडक वा कुनै पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको÷नदेखिएको वा फेला नपरेकोले २०८२ जेष्ठ २७ गतेको नगरकार्यपालिकाको निर्णय अनुसार सबै वडाहरु र बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गर्ने निर्णय गरिएको थियो ।
सोहि निर्णय बमोजिम बनेपा नगरपालिकालाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएको उप प्रमुख विमला सापकोटाले बताईन् । सापकोटाले बनेपा नगरपालिकालाई नेपालको संविधानको भाग ३, मौलिक हक, धारा ३९, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७०, स्थानीय सरकार संचालन ऐन २०७४ तथा बनेपा नगरपालिकाको बालबालिका सम्बन्धी विभिन्न नीति निर्देशिका कार्यविधिहरु, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न राष्ट्रिय बालअधिकार परिषद्को सूचना बमोजिम १४ वटै वडाको, वडा समितिको निर्णय अनुसार बनेपा नगरलाई सडक बालबालिका मुक्त नगर घोषणा गरिएकोे बताईन् ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले प्रतिबद्धतामा हस्ताक्षर गर्दै नगरलाई सडक बालबालिका मुक्त घोषणा गरेका थिए । गौतमले जिल्लामै पहिलो नगर पालिका सडक बालबालिक मुक्त भएको बताउदै अन्य पालिकाहरुमा समेत सडक वा अन्य बेबारिसे अबस्थामा बालबालिकाहरु भएमा उद्धार गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, १० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्का, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत भगवती तामाङ, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, बाल सञ्जाल बनेपा नगर अध्यक्ष रोजी मगर लगायतले उक्त कार्यलाई घोषणामा सिमित नराखी सबै पक्षबाट निरन्तर लाग्नु पर्ने बताईन् ।
त्यसैगरी बनेपा नगरपालिकालाई बाल श्रममुक्त नगर बनाउनका लागी उपप्रमुख विमला सापकोटाको नेतृत्वमा वडा नम्बर ८, ९ र १० वडामा रहेका पसल, ग्यारेज, हेटलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा केहि पसल तथा ग्यारेजमा बाहिरी देशबाट बालबालिकाहरु आएर काम गरिरहेको फेला परेको छ । उनिहरुलाई आफन्तको जिम्मेवारीमा लगाउन सञ्चालकलाई अनुरोध गरिएको सापकोटाले बताईन् । अनुगमनमा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष, शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ की कार्यवाहक वडा मनिषा तामाङ, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत भगवती तामाङ, महिला निरीक्षक सपना ओली, सञ्चारकर्मी लगायतको टोलिले अनुगमन गरेको थियो ।





