2026 August 03/ 12:44: 59pm

             धुलिखेल/उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको समन्वयमा १५ दिने थाकलबाट र उनबाट बुन्ने ब्याग, किरिङ्ग र जुत्ता बनाउने तालिम शुरु भएको छ । उक्त तालिम उद्धाटन नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायले गरेकी थिईन भने   सभापतित्व उद्योग तथा बाणिज्य कार्यालय काभ्रेका प्रमुख सीताराम घिमिरेले गरेका थिए । 
          कार्यक्रममा महिला उद्यमी समितिका अध्यक्ष रेणुका श्रेष्ठले स्वागत मन्तब्य रखेकी थिईन । कार्यक्रममा जिल्ला अध्यक्ष नितेश राजभण्डारीले बजारीकरणको ब्याख्या, जिल्ला उपाध्यक्ष तथा प्रशिक्षक निर्मला ताम्राकार बैदारले तालीमका बारेमा जानरकारी दिएकी थिईन् ।  कार्यक्रममा उद्यमी राममन्दिल श्रेष्ठ, केन्द्रीय सदस्य सिद्धिबहादुर कर्माचार्य, जिल्ला कोषाध्यक्ष सुवास श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय काभ्रेका लेखा अधिकृत रुपक हुमागाई, तालिम सहजकर्ता रबिन्द्र चौलागाई, मोहन सिग्देल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल घरेलुु तथा साना उद्योग महासंघ काभ्रेका महासचिव सन्तोष दाहालले संचालन गरेका थिए । 
त्यसै गरी उद्योग वाणिज्य कार्यालयको आयोजनामा धुलिखेल नगरपालिका वडा नम्बर ७ को समन्वयमा स्पेशल लेडिज चप्पल बनाउने तथा बाताबरण मैत्री कपडा झोला बनाउने तालिम शुरु भएको छ । 
तालिमको अध्यक्षता उद्योग वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले गरेका थिए । तालिम जेठ २१ देखी असार ६ गते सम्म धुलिखेलमा सञ्चालन हुने जनाएको छ ।