2026 August 04/ 06:29: 28pm

            भकुण्डे/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले भकुण्डे बजारका विभिन्न किराना, होटल र मासु पसलहरुको अनुगमन गरेको छ । 
          अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग तथा बाणिज्य कार्यालय, नमोबुद्ध नगरपालिका, नेपाल प्रहरीका प्रतिनिधिहरु सम्मिलित अनुगमन टोलीले भकुण्डे बजारका  विभिन्न किराना,  होटल  तथा मासु पसलहरुको अनुगमन गरेको हो ।
      अनुगमनका क्रममा मापदण्ड विपरीत रहेका पसललाई जरिवाना गरेको छ भने केहि पसललाई सचेत गराएको छ । खाद्य तथा किराना पसलमा म्याद नाघेका सामाग्री फेला परे पछि तत्कालै नष्ट गरिएको छ । अनुगमन टोलीले डेढ दर्जन भन्दा धेरै पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ब्यवसायीहरुलाई सचेत गराउँदै कानून अनुसार दर्ता गर्न, म्याद नाघेका सामाग्री विक्री वितरण नगर्न, सरसफाई तथा गुणस्तरमा ध्यान दिन सचेत गराएको थियो । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाईको नेतृत्वमा नमोबुद्ध नगरपालिका उप प्रमुख रत्न बहादुर लामा, जिल्ला प्रशासन कार्यालयका अधिकृत कृष्ण प्रसाद सापकोटा, नहकुल केसी, उद्योग तथा बाणिज्य कार्यालयका लेखा प्रमुख रुपक हुमागाई, उद्योग सहजकर्ता रविन्द्र चौलागाई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका पूर्णप्रसाद पौडेल, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । खाध्य डिभिजन प्रमुख मनिष चापागाईले अनुगमन नियमित गरिदै आएको र अनुगमनका क्रममा बजारमा म्याद गुज्रेका सामाग्रीहरु फेला परेकाले उपभोक्ताहरुलाई सचेत भई सामान खरिद गर्न आग्रह गरेकी थिईन् । चापागाईले सिन्धुपाल्चोक, दोलखाका जिल्लामा समेत बजार अनुगमन गर्दै आएको बताईन् ।