धुलिखेल/राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीको सातौ नगर अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनको बन्द सत्रले नयाँ कमिटी चयन गरेको छ ।
अधिबेशनमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका १० जना युवाहरुलाई नेताहरुले पार्टी सदस्यता प्रदान गरी एमालेमा प्रवेश गराएका थिए । धुलिखेल एमालेले आक्रामक ढंगबाट विभिन्न पार्टीबाट एमाले प्रवेश गराउने अभियान शुरु गरेको छ । नगर युवा संघले नगर क्षेत्रका १० उत्कृष्ट युवाहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले युवाहरुलाई उत्पादन, नवप्रर्वतन तथा सिर्जना मार्फत मुलुक निर्माणमा लाग्नु पर्ने बताए । मुलुक बन्दैछ, सकारात्मक सोचका साथ युवाहरुलाई स्वदेशमा आत्मनिर्भर बन्न तिन तहका सरकार सक्रिय भएको नेता बास्कोटाले बताए । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, विमला शर्मा, रिता ढकाल, जिल्ला कमिटी सचिव राजकुमार सापकोटा तथा जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी अध्यक्ष विष्णु धिताल लगायतका पदाधिकारीहरु, युवा संघका केन्द्र, जिल्ला तथा नगर क्षेत्रका नेताहरुले नेकपा एमाले नेतृत्वको सरकारले गरेका कामहरुले मुलुकमा समृद्धी निर्माण तथा युवाहरु केन्द्रित कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।
कार्यक्रम आनन्दसागर यगोलको अध्यक्षतामा सम्पन्न भएको थियो । बन्द सत्रले जितेन्द्र श्रेष्ठको अध्यक्षतामा ४६ सदस्य कमिटी चयन गरेको छ । कमिटीमा उपाध्यक्ष सन्तोष तामाङ, सचीव ज्ञान बहादुर तामाङ, उप सचिव निरज गेलाल र बिस्मिता बस्नेत र कोषाध्यक्ष गोपाल घिमिरे रहेका छन् । त्यस्तै युथ फोर्स विभाग सयोजक दिप गुरुङ रहेका छन् भने युथ फोर्स विभाग सह सयोजक प्रकाश हुमागाई, साइबर सर्कल सयोजक राजन थापा, प्रचार विभाग प्रमुख रोहित माकाजु रहेका छन् । साथै अधिवेशको सन्दर्भमा धुलिखेल बजारमा मोटर साइकल ¥याली आयोजना गरिएको थियो । विभिन्न १० बिधामा धुलिखेल नगर भित्रका ४० बर्ष मुनिका १० उत्कृष्ट युवाहरुलाई सम्मान सहित पुर्ब अध्यक्षहरु बिकाश श्रेष्ठ, राजकुमार तखाछे र सिबि तामालाई सम्मान गरिएको छ ।





