धुलिखेल/नेपालमा पहिलो धुलिखेल नगरपालिका स्वस्थ शहर घोषणा भई पुरस्कृत भएसँगै नगरपालिकालाई विभिन्न संघ संस्था तथा क्षेत्रबाट बधाई तथा सम्मान गर्ने क्रम भईरहेको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले आफ्नो नवौं बार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्व राष्ट्रपति डा.रामवरण यादव मार्फत धुलिखेल नगरपालिकालाई सम्मान गरिएको छ ।
कार्यक्रममा पत्रकार तथा लेखक किशोर नेपाल र नेपाल सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटा लगायत सहभागी भएका थिए । कार्यक्रममा उक्त प्रालिले चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, विभिन्न संस्था तथा पत्रकारलाई सम्मान गरेको थियो । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिको नवौं बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने विभिन्न व्यक्तित्व एवं सचारकर्मी समेत गरी २४ जना सम्मानित भए । सम्मानित हुनेमा धुलिखेल नगरपालिकाका अलावा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.पिताम्बर ठाकुर, मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा.चितरञ्जन शाह र वरिष्ठ मुटुरोग विशेषज्ञ, डा.राजेश कुमार शाह, वागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ अवनिभुषण उपाध्याय, वरिष्ठ प्लाष्टिक सर्जन प्रा.डा. शंकरमान राई, वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. विदुरप्रसाद वस्ती र वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कँडेल रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्रा.डा. नरेन्द्र विक्रम गुरुङ्ग, लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक लेखराज सुवेदी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवे, कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ नवराज केसी सम्मानित हुनेछन् । यस्तै अमेरिका रहेर मेडिकल चिकित्सक तथा सामाजिक अभियन्ता डा.केशव पौडेल, स्वास्थ्यकर्मी विधाबाट धुलिखेलका वरिष्ठ प्रयोगशालाकर्मी नारायणबहादुर कार्की, रोल्पाबाट तुलसा राना, मनाङ्गबाट विष्णुप्रसाद यादव, चितवनबाट छायांँ श्रेष्ठ, दार्चुलाबाट दानसिंह, भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजन वरिष्ठ पत्रकार शालिक सुवेदी सम्मानित हुँदैछन् । स्वास्थ्य संस्थातर्फ धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कास्की, नेपाल मधुमेही समाज काठमाडौं, भुम्लु गाउंँपालिका काभ्रेपलाञ्चोक छन् ।





