बेथान्चोक/नेकपा एमाले बेथान्चोक गाउँ कमिटीको दोश्रो अधिवेशन शुरु भएको छ । अधिवेशनको द्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता तथा गाउँ कमिटी अध्यक्ष कमल तिमल्सिनाको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले प्रकृति, नागरिक र कार्यकर्तासँग पौठाजोरी नखेल्न नेतृत्वलाई निर्देशन दिए । नेतृत्व चयन सर्वसम्वत वा निर्वाचनको लोकतान्त्रिक विधी मार्फत गर्न अनुरोध गर्दै नेता बास्कोटाले जिम्मेवारी लिने तर काम नगर्ने प्रवृत्तिका ब्यक्तिहरुलाई जिम्मेवारीमा नल्याउन प्रतिनिधिहरुलाई अनुरोध गरे । स्थानीय तहको निर्वाचनमा पार्टीले नेतृत्व गर्ने गरी कार्यकर्ता परिचालन गर्न, नागरिकहरुको मन जित्ने कार्यक्रम कार्यान्वन गर्ने कमिटी चयनका लागि अनुरोध गर्दै विकास निर्माणमा योजनावद्ध रुपले नेकपा एमालेले माथिल्ला सरकारबाट बजेटका लागि पहल गरिरहेको बास्कोटाले बताए । विपत्ति पछिको पुर्ननिर्माण र पुराना योजनाहरुको निरन्तरतामा समेत संघ सरकारका तर्फबाट खेल्नुपर्ने भूमिका सक्रिय रहेको बताउँदै बास्कोटाले विकास र समृद्धी प्रमुख शर्त रहेको बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्यहरु कुमार तिमल्सिना, रिता ढकाल, हर्क तामाङ, चन्द्र लामा, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, जिल्ला कमिटीका पदाधिकारीहरु उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्यहरु, इन्चार्जहरु, विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अध्यक्षमा बेदप्रसाद
नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटीको दोस्रो अधिबेशनले सर्वसम्मत कमिटी चयन गरेको छ । बेदप्रसाद तिमालसिनाको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । अधिबेशनको उद्घाटन पुर्व मन्त्री एवं पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले गरेका थिए । शुक्रबार शुरु भएको अधिबेशन शनिबार सम्पन्न भएको हो । शनिबार सम्पन्न अधिबेशनको बन्द सत्रले उपाध्यक्षमा पाल्चेन लामा, सचिब डन्डप्रसाद दाहाल, उपसचिवमा लासाङ लामा र दिपेस केसीलाई निर्वाचित गरेको छ । वडागत सदस्य, खुल्ला, महिला तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरी कमिटी निर्माण गरिएको एमाले बेथान्चोक गाउँ कमिटीले जानकारी दिएको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी दिएका नेताहरुले फिर्ता लिए पछि कमिटी निर्विरोध भएको हो ।





