धुलिखेल/पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.काभ्रेपलाञ्चोकको १९ औं स्थापना दिवसमा एकै दिन विविध कार्यक्रम आयोजना गरिएको छ । संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा संस्थाका सल्लाहकार नवराज के.सीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य कपिलप्रसाद दुलालले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सन्तोषकुमार घिमिरेले गरेका थिए । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने ब्यक्तिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा आर्थिक वर्षमा २०८०÷२०८१ मा उत्कृष्ट बचत कारोबार तथा ऋण कारोबार गर्ने सदस्यहरुलाई १० वटा विद्यामा ११ जना उत्कृष्ट सदस्यलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष श्री निरान शाक्यज्यू तथा सल्लाहकारज्यूहरुबाट उत्कृष्ट सदस्यहरुलाई सम्मान–पत्र सहित पुरस्कृत गरियो । त्यस्तै स्थापना दिवसको अवसर पारी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप–समिति, कर्मचारी, शेयर सदस्य र अन्य संस्थासँग सरोकार राख्ने ब्यक्तिहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा कोषाध्यक्ष पवनराज कर्णजीतबाट रक्तदाताहरुलाई एवं अध्यक्ष निरन शाक्यबाट रक्तदाता तथा रेडक्रसका प्राविधिकहरुलाई क्रमशः प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
त्यस्तै सदस्यका निमित्त सदस्य शिक्षा, वित्तीय साक्षरता एवं प्रविधि साक्षरता कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा महिला १६ जना र पुरुष २५ जना गरी ४१ जना सदस्य सहभागि रहेका थिए । कर्मचारी र शेयर सदस्यहरुको सकृय उपस्थिती रहेका थियो । उक्त साक्षरता कार्यक्रम सहायक सागर गौतमबाट सहभागिहरुलाई सहजिकरण गरियो । त्यस्तै प्रबन्धक नवराज सापकोटाबाट संस्थाको विविध जानकारी सहित सहकारी शिक्षा एवं वित्तीय साक्षरता बिषयमा प्रस्तुति गरिएको थियो ।
स्थापना दिवसको अवसर पारी समवेदना राहत ६ जना सदस्यलाई सल्लाहकारबाट हस्तान्तरण गरिएको थियो । संस्थाको न्युनतम १ सय कित्ता बराबरको शेयर खरिद र नियमित बचत गरेका सदस्यहरुलाई कोष मार्फत स्वयं र एकाघरको परिवारको मृत्यु भएको अवस्थामा संस्थाले राहत स्वरुप ५ हजार प्रदान गर्दै आएको छ । आ.व.०८१÷०८२ को फागुन १५ गते सम्म प्राप्त विवरणका आधारमा उक्त कार्यक्रममा राहत वितरण गरिएको थियो । सोहि अवसरमा एक जना सदस्यलाई स्वास्थ्य उपचार सहयोग रकम हस्तान्तरण गरिएको थियो ।





