धुलिखेल/चैत्र ७ गते देखि शुरु हुने एसईई परीक्षा २०८१ को परीक्षा केन्द्र सार्वजनिक गरिएको छ । परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्राध्यक्ष छनौट, तालिम तथा उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याउने बाहेकका अन्य तयारी सकिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई धुलिखेल काभ्रेपलाञ्चोकले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो । निर्धारण गरिएको केन्द्रहरु सार्वजनिक गरिएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकका प्रमुख उप सचिव देवका ढकालले बताईन् । एसईई परीक्षा २०८१ मा नियमित तर्फ ५ हजार ७ सय ८९ विद्यार्थी सम्मिलित हुनेछन् । ग्रेड बृद्धीका लागि ६ सय २ जना विद्यार्थी सम्मिलित हुँदैछन् भने प्राविधिक तर्फ १ सय ९६ विद्यार्थी सहभागि हुनेछन् । कुल विद्यार्थी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागि हुनेछन् । ३४ वटा केन्द्रमा २ सय १६ वटा विद्यालयका विद्यार्थी सहभागि हुनेछन् ।
पूर्णसञ्जिवनी मावी परीक्षा केन्द्रमा चार वटा विद्यालयका १ सय ६१ जना विद्यार्थी सहभागि हुनेछन् । जसमा नैमिषारन्य गुरुकुल विद्यालयबाट ४ जना र हिमालय इन्टरनेशनल एकेडेमीबाट ५ जना विद्यार्थी सहभागि छन् । सबै भन्दा धेरै सञ्जिवनी माविबाट १ सय १३ जना विद्यार्थी छन् । सर्वमंगला मावि पाँचखाल केन्द्रमा १० वटा विद्यालयका ३ सय ३८ जना विद्यार्थी सहभागि हुनेछन् । प्रभा मावि कात्तिकेदेउरालीमा ४ वटा विद्यालयका ८१ जना विद्यार्थी सहभागि हुनेछन् । जसमा देउराली मावी विर्तादेउरालीका ७ जना छन् ।
डेडीथुम्का माविमा ६ वटा विद्यालयका १ सय ७४ जना विद्यार्थी सहभागि हुँदैछन् । नारायणस्थान मावी पोखरी तेमालमा ६ वटा विद्यालयका १ सय २८ जना विद्यार्थी सहभागि हुनेछन् । तेमाल मावीबाट ८ जना नियमित र ४ जना ग्रेड बृद्धीमा सहभागि हुँदैछन् । प्रकाश मावी भुम्लुमा ७ वटा विद्यालयबाट १ सय ४६ जना सहभागि हुँदैछन् । पार्वती मावी बेथान्चोकमा ६ वटा विद्यालयबाट १ सय १३ जना विद्यार्थी सहभागि हुँदैछन् । मंगलजनविजय मावी मंगलटारमा ८ वटा विद्यालयबाट २ सय ९ जना सहभागि हुँदैछन् । कुशादेवी मावी पनौती कुशादेवीमा ७ वटा विद्यालयका १ सय ८० जना सहभागि हुँदैछन् ।
चण्डेश्वरी मावी नालामा १० वटा विद्यालयका २ सय १३ विद्यार्थी सहभागि हुँदैछन् । इन्द्रेश्वर मावी पनौतीमा ६ वटा विद्यालयका २ सय ५६ जना विद्यार्थी सहभागि हुँदैछन् । लक्ष्मीनारायण मावी श्यामपाटीमा ६ वटा विद्यालयका १ सय ११ जना छन् । ज्ञानोदय मावीका नियमित तर्फ शुन्य छन् भने ग्रेड बृद्धीमा ३ जना छन् । दाप्चा मावीमा सबै भन्दा कम ६ जना र कृष्ण मावीमा ९ जना नियमित तर्फ छन् । आजाद मावी बनेपामा १० विद्यालयका २ सय ९९ विद्यार्थी छन् । श्वेतबराह मावीबाट नियमित तर्फ १ जना मात्रै विद्यार्थी छन् भने काभ्रे बहिरा विद्यालयका ९ जना बहिरा विद्यार्थी छन् ।
श्रीराम मावी खोपासीमा ६ वटा विद्यालयका २ सय १५ जना छन् । कानपुर मावी नमोबुद्धमा ५ वटा विद्यालयका १ सय ५ जना छन् । महेन्द्र मावी साँगामा ३ विद्यालयका ३ सय ३७ जना छन् । नेपाल प्रहरीका १ सय ९५ जना विद्यार्थी छन् । बेलर स्कुल बनेपाका ९९ जना छन् । जनविकास मावि ताल्ढुंगामा ६ वटा विद्यालयका १ सय ११ जना छन् । जनक मावी काफ्लेथोकमा ५ वटा विद्यालयबाट १ सय ४० जना सहभागि हुँदैछन् । श्रीखण्डपुर मावीमा ५ वटा विद्यालयबाट ३ सय २० जना सहभागि हुँदैछन् ।
चैतन्य मावी बनेपामा ९ वटा विद्यालयका २ सय १७ जना विद्यार्थी सहभागि हुँदैछन् । जसमा फेमश स्कुलबाट नियमित तर्फ शुन्य विद्यार्थी छन् । आजाद मावी बालुवामा ७ वटा विद्यालयबाट १ सय ८७ विद्यार्थी सहभागि हुँदैछन् । भालेश्वर मावी पनौतीमा ८ वटा विद्यालयबाट १ सय ९२ जना विद्यार्थी सहभागि हुँदैछन् । रोशी मावी कटुञ्जेमा ३ वटा विद्यालयका १ सय ५ जना, हनुमान मावी पातलेखेतमा ६ वटा विद्यालयका १ सय ५१ जना सहभागि हुँदैछन् । सगुन विद्या मन्दिर खनालथोकबाट नियमित तर्फ ३ शुन्य छन् ।
सञ्जिवनी मावी धुलिखेलमा ११ वटा विद्यालयका २ सय ६४ जना छन् । पुरानो पाठ्यक्रम अनुसार २०७८ र २०७९ का ७ जना ग्रेड बृद्धीमा छन् भने आजाद मावी बनेपाका खुल्ला तर्फका १५ जना छन् । शिक्षा सदन मावी बनेपामा जिल्ला भित्रका सबै प्राविधिक धारका १ सय ९६ जना सहभागि छन् । नियमित तर्फका १ सय ७८ र ग्रेड बृद्धीका १८ जना छन् । दुलालेश्वर मावी दोलालघाटमा ६ वटा विद्यालयका १ सय ७१ जना छन् । हिमालय मावी बनेपामा ८ वटा विद्यालयका ३ सय ४ जना सहभागि छन् । काभ्रे मावी बनेपाबाट ९८ जना सहभागि छन् ।
जागृति मावी चौरीदेउरालीमा ६ वटा विद्यालयबाट ९३ जना सहभागि हुँदैछन् । कोशीपारीका भुमेस्थान, खाँडादेवीबाट ७÷७ र सुर्याेदय र अरनिको मावीबाट ८÷८ जना सहभागि हुँदैछन् । बुद्ध हिमालय मावीबाट २७ र प्रभा मावीबाट ३५ जना छन् । लक्ष्मीनारायण मावी शिखरमा ६ वटा विद्यालयबाट १ सय ३५ जना छन् । जनकल्याण मावीमा ४ वटा विद्यालयबाट १ सय ३५ जना छन् ।
चण्डेनी मावी मण्डनमा ६ वटा विद्यालयबाट १ सय २९ जना सहभागि हुँदैछन् । गोकुले मावी गोकुलेमा ६ वटा विद्यालयबाट २ सय १८ जना विद्यार्थी सहभागि हुँदैछन् । जनज्योती मावी जनागालमा १० वटा विद्यालयबाट २ सय ५२ जना सहभागि हुँदैछन् ।





