चौरीदेउराली/सहकारी क्षेत्रमा देखिएका तमाम समस्याहरु समाधान भई नसक्दा सहकारीमा आबद्ध ब्यक्तिहरु चोरीमा संलग्न हुन थालेका छन् । चौरीदेउराली गाउँपालिकामा रहेको कात्तिकेदेउराली साना किसान कृषि सहकारी संस्था लिमिटेडमा सहकारीको कार्यालय फोडी साँझको समयमा घर्रामा राखिएको बचतकर्ताहरुको रकम चोरी गरेका थिए ।
चौरीदेउराली गाँउपालिका वडा नम्वर ६ स्थित सहकारीका सचिव रमेशकुमार ठकुरीले बचतकर्ताको रकम २०८१ माघ ७ गते बंैकमा जम्मा गर्न समय अभावका कारण जम्मा गर्न नसकेको ३७ हजार ४ सय ७० रुपैया चोरी गरेका थिए । प्रबन्धक सरिता पुरीले माघ ८ गते कार्यालय आउँदा ताला फोडेको र भएको रकम समेत नभएको थाहा पाए पछि प्रहरीलाई खबर गरेका थिए । सिसिटिभी फुटेजका आधारमा चौरीदेउराली गाँउपालिका ३ घर भएका २२ बर्षिय हिमाल परियारले चोरी गरेको पुष्टी भएको थियो । १०/१२ वर्ष अघि बाबु वितेपछि आमाले दोश्रो विवाह गरेका कारण हिमाल टुहुरा भएका थिए । जेठो र माईलो दाई दुबै जना विवाह गरी परिवारसँग अलग अलग बसे पछि आमाले उनलाई बनेपा ल्याएर छाडिदिएकी छिईन् । उनी सडकमा मागि खाने गर्ने क्रममा प्रहरीले काठमाडौमा रहेको सिपिसिएस संस्थामा पु¥यायो । एक वर्ष पछि सोहि संस्थाले शाखा कार्यालय दोलखामा पु¥यायो । २/३ वर्ष पछि उक्त संस्थाले घरमा लगेर छाडिदियो ।
गाउँमा ज्याला मजदुरी गरी आने क्रममा चौरीदेउराली ६ स्थित फुलमाँया परियारको घरमा बसी टिन ठोक्ने काम गर्दै आएका थिए । बजार जाने क्रममा सहकारीमा पैसाको कारोवार हुने गरेको र पैसा भएको थाहा भयो । साँझको समयमा पुनः सहकारीको कार्यालय वरपर आउँदा कोहि देखेनन् । ढुङ्गा लिएर ढोकामा हाने । लगत्तै ढोका खुल्यो । भित्र प्रवेश गरेर खोज्दा रजिस्ट्ररहरु बाहेक अरु फेला परेनन् । टेबुलमा घर्राको साँचो फेला परे । त्यहि चावीले घर्रा खोलेर भएको सबै पैसा लिएर भागे । अनि विचमा रक्सि खाए । रक्सिले मात्तिए पछि राति सडकमा नै सुते । भोलिपल्ट विहान २÷३ वजेको समयमा रक्सिले छाडे पछि फुलमाँया परियारको घरमा पुगेर सुते ।
जिल्ला अदालतमा फागुन २ गते उनको मुद्दा नकवजनी चोरीमा दर्ता भयो । अदालतले सोहि दिन उनलाई दोषि अर्थात कसुर गरेको ठहर गरी सजायँ निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । फागुन ४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मातृकाप्रसाद आचार्यले कसुर ठहर गरी सजायँ निर्धारणका लागि पेश गर्न आदेश गरेका थिए । सहकारीको कमजोर सुरक्षा र वेवास्ताका कारण उक्त दिन थोरै मात्रै रकम भएकाले ठुलो क्षति हुन पाएन । बेरोजगार, पारिवारीक समस्या तथा मानिसमा उत्पन्न हुने तत्कालको आवेशबाट अपराधमा बृद्धि भएको छ ।





