बनेपा/राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त नमूना र उदाहरणीय सहकारी विन्धबासिनीले स्थापनाको ३२ औ वर्ष प्रारम्भ गरेको छ । यो अवधीमा संस्थामा विभिन्न क्षेत्रका ६९ हजार भन्दा धेरै सदस्य आवद्ध भएका छन् ।
२०५० साल फागुन ६ गते विधिवत रुपमा स्थापना भएको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ३२ औं वर्ष प्रवेशका क्रममा ५७ हजार पाँच सय ८९ शेयर सदस्य र ११ हजार सात सय ७९ जना शैक्षिक बालबचत कर्ता सहित ६९ हजार तीन सय ६८ जनालाई आवद्ध गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन खोपासी र चलालगणेशस्थान गा.वि.स.बाट विजारोपण भएको उक्त संस्थाले हाल बागमती प्रदेशका काभ्रेपलाञ्चोक जिल्लाको अलावा भक्तपुर, काठमाडौ र ललितपुर जिल्ला सहित चार वटा जिल्लाभर कार्य क्षेत्र विस्तार गरी सात वटा सेवा कार्यालय र नौ वटा सेवा केन्द्र मार्फत आवद्ध शेयर सदस्य एवं शैक्षिक बालबचत कर्ताहरुलाई नीति विधि र प्रविधिमा आधारित वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
सहकारीका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र दर्शनका साथै संयुक्त राष्ट्र संघद्धारा घोषित दिगो विकास लक्ष्यलाई अंगिकार गरी वित्तीय पहँुच नपुगेका ग्रामिण क्षेत्रका आवद्ध शेयर सदस्यह?लाई लघुवित्र् मार्फत वित्तीय पहुँच, वित्तीय पहुँचमा रहेका शेयर सदस्यह?लाई नेपाल राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति लिई बैकिङ्ग सेवा प्रदान गर्नुका साथै आपतविपतमा परेको शेयर सदस्यहरुलाई करीब ८२ हजार सम्म निःशुल्क सदस्य सुरक्षण सेवा, लघु जीवन विमा सेवा, विप्रेषण सेवा, प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्यावलेट बैकिङ्ग, ई–टेलर, एटिएम, क्यूआर पेमेन्ट लगायतका सेवा प्रदान गर्दै आएको छ । सामाजिक तथा सांस्कृति विकासका लागि सहकारी शिक्षा, वित्तीय साक्षरताका साथै नेतृत्व विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य सम्बन्धी जागरणका कार्यका साथै कुलत र कुसंस्कारबाट माथि उठ्न सभ्य समाज निर्माणका लागि विभिन्न अभियान संचालन गर्दै आएको छ । समुदायको उत्कृष्ट छनौट संस्थाको ?पमा स्थापित गर्ने उद्देश्यका साथ ऐन नियम, निर्देशन, अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण अनुशरण गर्दै सुशासनयुक्त कार्यशैली, व्यवहार, आचारणको अबलम्बन गरी सदस्य सदस्य केन्द्रीयतामा पूर्ण ध्यान दिई सुरक्षित र दिगो वित्तीय तथा गैरवित्तीय सेवाह? प्रदान गर्न संस्था केन्द्रीत छ ।
समिति उप समिति र सेवारत कर्मचारीह?ले संस्थागत संस्कार, आचारण र मूल्यमान्यतामा रही निर्धारित आचारसंहिताको पूर्ण परिपालन गरी सदस्य सेवामा यस संस्थाले महाभूकम्प, कोभिड १९, बाढि पहिरो जस्ता विनासकारी प्राकृतिक प्रकोपमा व्यवसाय निरन्तरता योजना निर्माण गरी सहुलियत ऋण, व्याज छुट सुविधा, निःशुल्क अक्सिजन वितरण, राहत सुविधा, पुनःनिर्माण तथा व्यवसाय पुनःस्थापना सहुलियत ऋण प्रदान गर्दै आएको यस संस्थाले विभिन्न स्थानीय सरकारको सहकार्यमा कृषि तथा पशुजन्य र लघु उद्यम विकास व्यवसायमा व्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि ज्ञानमा आधारित कृषि कार्यक्रम (किसान २) पशु विमा र बाली विमा, कृषि प्राविधिक सेवा, व्यवसाय प्रवद्र्धनको लागि व्यवसाय विकास परामर्श सेवा प्रदान गर्दै आएको छ । एशियाली ऋण महासंघ(अक्कु)द्धारा प्रवर्तित र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रमको प्रथम व्याचमा आवद्ध भई सुरक्षित, दिगो र स्वास्थ वित्तीय अवस्था, गुणस्तरीय सदस्य सेवा र सदस्य सन्तुष्टी, आन्तरिक सञ्चालन प्रणाली सञ्चालन समक्षता र प्रतिष्पर्धी अवस्था, ज्ञान सिप दक्ष सञ्चालक र योग्य दक्ष र सन्तुष्टि कर्मचारी चार आयमलाई पूर्ण अंगिकार गरी कार्य सञ्चालन गरेको यस संस्थाले एक्सेस ब्रोञ्ज, एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरी सुरक्षित र दिगो वित्तीय संस्थाको रुपमा प्रमाणीकरण चिन्ह प्राप्त गर्नुको साथै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, वागमती प्रदेश उत्कृष्ट सहकारी संस्था पुरस्कार, बागमती प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कारका साथै अन्तर्राष्ट्रिय स्तरमा एशियाली ऋण महासंघबाट पहिलो पटक क्यूमी पर्फमेन्स अवार्ड प्राप्त गरी सफल र सदस्य सेवामा समर्पित संस्थाको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी कायम गर्न सफल भएको छ । विभिन्न पुरस्कारबाट संस्था, सस्थाका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत तथा विभिन्न उप समिति र सदस्यहरु सम्मानित भएका छन् । ्
संस्थाको ३१ औं वार्षिक साधारण सभाबाट पारित छैठौं चार बर्षीय रणनीतिक व्यवसायिक कार्ययोजना बमोजिम गुणस्तरीय,व्यवसायिक एवं दिगो वित्तीय सहकारी परिकल्पनाका साथै सदस्य समृद्धि अभियान, विन्धवासिनीको पहिचान मूल नारा र सहकारी मुल्य मान्यताका आधारमा प्रविधिको अधिकतम प्रयोग गरी वित्तीय तथा गैरवित्तीय सेवाह?मार्फत सदस्यह?को जीवनस्तर उन्नत बनाउने ध्येयको मार्गदर्शनमा रही शेयर सदस्यहरुलाई विभेदरहित अझ गुणस्तरीय अत्याधुनिक प्रविधियुक्त सवल, सुरक्षित, दिगो र प्रतिष्पर्धी वित्तीय तथा गैर वित्तीय सेवाहरु निरन्तर प्रवाह गरिरहेको प्रमुख कार्यकारी अधिकृत केवी लामा स्याङतानले जानकारी दिए । संस्थामा हाल १ सय ५ जना कर्मचारीहरु कृयाशिल छन् ।





