2026 August 06/ 04:47: 53am

बनेपा/बनेपा नगरपालिका वडा नम्बर ६ स्थित डाँडागाँउ खानेपानी ट्याङ्की तथा पाईपलाईन बिस्तार निर्माण योजनाको एक कार्यक्रमका बिच शिल्यान्यास गरिएको छ ।
 पानी हाम्रो जिन्दगानी, भन्ने मुला नाराका साथ एक घर एक धारा एकीकृत खानेपानी दोस्रो चरणको योजना अर्नतगत उक्त आयोजना शुरु गरिएको वडा अध्यक्ष सचितानन्द केसीले बताए । उक्त योजना अन्र्तगत ३ लाख लिटरको खानेपानी ट्याङ्कीको शिल्यान्यास नगर प्रमुख शान्तिरत्न शाक्यले गरेका थिए । नगर प्रमुख शाक्यले नगरको योजना नै सबै नागरीकहरुको घरमा खानेपानी पु¥याउनु रहेको बताए । गत असोज १२ गते अघी एकीकृत खानेपानी आएपछि केहि राहत भए पनि पुनःबाढीले क्षती पुगेपछि नगरपालिकामा खानेपानीको समस्या भएको शाक्यले बताए । नगरपालिकाले आवश्यक वडामा डिपबोरिङ्ग र भएका मुहानहरुको संरक्षण गरी नगरबासीहरुलाई खानेपानी खुवाउन लागीरहेको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । खानेपानीमा राजनीती नगरी सबै नगरबासी एक भएर समस्याको समाधान गर्नुपर्ने शाक्यको भनाई रहेको थियो । 
कार्यक्रममा नगरपालिकाका उप प्रमुख विमला सापकोटाले खानेपानी, सडक, स्वास्थ्य जस्ता विकासमा सबै नगरबासीहरुको साथ रहेको बताईन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक नियममित प्रक्रियामा पर्ने भएको हुँदा सबैले तेरो र मेरो नभनी काम गर्नुपर्ने बताईन् । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष सचितानन्द केसीले पहिलो चरणको खत्री गाउँ डिपबोरिङ्गको काम ९९ प्रतिशत सम्पन्न गरी धारा वितरण गरिसकेको बताए । दोस्रो चरणको योजना डाँडागाउँ भेगमा करिब १ हजार जना लाभान्वित हुने बताए । ३ लाख लिटरको ट्याङ्की निर्माण सम्पन्न पश्चात तेस्रो चरणको लागी ७० लाख छुट्टिएको र छिटै काम शुरु हुने बताए । ६ नम्बर वडामा सबैको घरमा एक घर एक धारा पुग्ने केसीले बताए । वडामा विकासको गति तिब्र पारिएकाले सबै वडाबासीहरुको, सबै राजनिततक दलहरुको साथ र सहयोगोगले विकास सम्भब भएको वडा अध्यक्ष केसीले बताए ।
उक्त योजनाको उपभोक्ता समितिका अध्यक्ष सुनिल घर्तीमगरले ३५ लाख ३० हजार मा लाईन बिस्तार र खानेपानी ट्याङ्गी निर्माण सम्पन्न हुने बताए । नगरस्तरीय योजना अन्तर्गत ५ लाख ३० हजार उपभोक्ताबाट र बाँकी ३० लाख नगरपालिकाबाट ब्यहोर्ने बताए । उक्त योजनाबाट डाँडागाउँ लगायत आसपास क्षेत्रमा गरी १ हजार जनाले उपयोग गर्ने बताएको छ । कार्यक्रममा नेकपा एमाले बनेपा नगर ६ नम्बर वडा कमिटीका अध्यक्ष राजेन्द्र थापा, राप्रपा नेपाल नगरकमिटी अध्यक्ष अनन्त प्रसाद दाहाल, पुर्व वडा अध्यक्षहरु भैरब केसी, कृष्णबुद्ध बजगाई लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन वडा सदस्य लालकृष्ण तिमल्सिनाले गरेका थिए ।