धुलिखेल/धुलिखेलमा शुरु भयो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताधुलिखेल नगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता धुलिखेलमा शुरु भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिकसँगै शारिरीक विकास र अनुशासन कायम गर्न सहज हुने नगर प्रमुख ब्याञ्जुले बताए ।
कार्यक्रममा उप–प्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थीहरुको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिका भित्र रहेका माध्यमिक तहका २२ वटा विद्यालयका ६ सय ८ विद्यार्थीहरु सहभागी छन् । २८ विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने छन् । सामाजिक विकास समिति तथा वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतमा सम्पन्न कार्यक्रममा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिनेछ । कार्यक्रम विदुर गौतमले संचालन गरेका थिए ।





