2026 August 06/ 07:59: 03am

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा १ लाख ६० हजार ५ सय ६४ महिलाहरु मध्ये १३ हजार ५२ जना महिला विधवा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रतिशतका हिसाबले कुल संख्याको ८.१ प्रतिशत विधवा हो । त्यस्तै १५ हजार ८ सय ५३ अर्थात ९.९ प्रतिशत महिला एकल छन् । विधवा भन्दा एकल महिलाहरुको संख्या धेरै छ । एकल र विधवा महिलाको संख्या २८ हजार ९ सय ५ रहेको छ । 
     बागमती प्रदेशमा सबैभन्दा धेरै विधवा महिलाको संंख्या नुवाकोटमा छ । नुवाकोटमा ८.२ प्रतिशत, काभ्रे र रामेछापमा ८.१ प्रतिशत छ । सबैभन्दा कम काठमाडौमा ५.२ प्रतिशत रहेको छ । एकल महिला सबैभन्दा धेरै दोलखामा १०.३, रामेछापमा १०.२ र सिन्धुपाल्चोकमा ९.९ प्रतिशत रहेका छन् । एकल महिला सबैभन्दा कम सिन्धुलीमा ७.३ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा ९ लाख ९७ हजार ६ सय ६२ जना महिलाहरु एकल रहेका छन् । यीनै एकल महिलाको आर्थिक अवस्था हेर्ने हो भने पारपाचुके गरेका ५३.६५ महिलाहरू अक्सर रोजगार भएको देखिएको छ । यसैगरी पारपाचुके गरेका ४.८ प्रतिशत महिलाहरू अक्सर बेरोजगार रहेको देखिएको छ भने सबैभन्दा धेरै अर्थात् २१.३५ विधवा महिलाहरु अक्सर निस्क्रिय रुपमा रहेका छन् । 
    यस्तै ५२.५५ विधवा महिलाहरु आर्थिक रुपले निष्क्रिय रहेका र आर्थिक क्रियाकलाप नखुलेका विधवा महिलाहरू ०.३५ र पारपाचुके गरेका, छुट्टिएका र ३५ वर्षभन्दा माथिका अविवाहित महिलाहरू क्रमश ०.४५ का दरले रहेको देखिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिका मध्ये सबैभन्दा धेरै विधवा महिला तेमाल गाउँपालिकामा देखिएको छन् । तेमाल गाउँपालिकामा रहेका ७ हजार ७ सय ३ जना महिला मध्ये ६ सय ८३ जना महिला विधवा छन् । प्रतिशतका हिसाबले १२.५२ प्रतिशत रहेको छ भने एकल महिलाको संख्या तेमालमा ८ सय १५ अर्थात १०.५८ प्रतिशत रहेका छन् । 
    सबैभन्दा कम जिल्लाको महाभारत गाउँपालिकामा ६ हजार ६ सय ९३ महिलाहरु मध्ये ३ सय सय २४ जना विधवा अर्थात ४.८४ प्रतिशत र एकल महिला ३ सय ७० ५.५३ प्रतिशत रहेका छन् । पालिकागत रुपमा पालिकामा रहेका महिला, विधवा र एकल महिलाहरुको संख्या र प्रतिशत उल्लेख गरिएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिकामा ६१७, भुम्लुमा ६८५, मण्डनदेउपुरमा ११९३, बनेपामा २१९८, धुलिखेलमा १२४५, पाँचखालमा १३६९, तेमालमा ६८३, नमोबुद्धमा ११३५, पनौती २०३१, बेथान्चोक ५८५, रोशी ७३०, महाभारत ३२४, खानीखोलामा २५६ जना विधवा छन् । त्यस्तै चौरीदेउरालीमा ७५६, भुम्लुमा ८३६, मण्डनदेउपुरमा १३८३, बनेपामा २७६७, धुलिखेलमा १५५९, पाँचखालमा १६५०, तेमालमा ८१५, नमोबुद्धमा १३२१, पनौती २३४२, बेथान्चोक ७०२, रोशी ९०४, महाभारत ३७०, खानीखोलामा ३१८ जना एकल महिला छन् ।