2026 August 06/ 07:58: 15am

    बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १२ औं अधिबेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । २०४९ पौष २ गते स्थापना भएको नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना दिवसको अवसर पारी नयाँ निर्वाचित समितिले पदस्थापन गरेको हो । 
    स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका संस्थापक सदस्य गोकुल बास्कोटा, प्रदेश सभा सदस्य तीर्थ लामा, रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति कार्यवाहक अध्यक्ष बाला अधिकारी, जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना, निर्वाचित अध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोईराला लगायतले महासंघको स्थापना दिवसका अवसरमा प्रेसले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए । सोहि अवसरमा निर्वाचितहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो । निर्वाचन समितिमा संयोजक पुर्व अध्यक्ष भोजराज तिमल्सिना, सदस्यहरु पूर्व अध्यक्ष महेश पौड्याल र कानुन ब्यवसायी महेश कुँवर थिए । निर्वाचनमा तथा अन्य समयमा सहयोग गर्नेहरुलाई कदर र प्रशंसापत्र वितरण गरिएको थियो । 
     निर्वाचनबाट उपाध्यक्षमा कपिल कोईराला निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सम्झना गौतम निर्विरोध निर्वाचित भएकी छिन् । सचिव पदमा नगेन्द्र अधिकारी दोश्रो पटक निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा केशवराज पौडेल एवं सचिव पदमा देवराज केसी र निरञ्जुल कायश्थ निर्वाचित भएका छन् । सदस्यहरुमा सोविता न्यौपाने र चमार सिं लामा ‘शिशिर’ निर्विरोध भए । खुल्ला सदस्यहरुमा ज्ञानमणी नेपाल, मोहनकृष्ण तिमल्सिना, विकास तिमिल्सना, रोशन तिमल्सिना, रञ्जित बोहोरा, शरण हुमागाई, पुरुषोत्तम ढकाल निर्वाचित भए । केन्द्रिय प्रतिनिधि परिषद्मा प्रदिप केसी निर्वाचित भए । प्रदेश सभा प्रतिनिधिमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खँदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्विरोध भए । 
    संघीयता पछि दोश्रो पटक तीन तहमा एकै पटक नेपाल पत्रकार महासंघको विधान अनुसार अधिबेशन हुँदै आएको छ । केन्द्र, प्रदेश र जिल्लामा एकैपटक सबै सदस्यहरुले मतदान गर्ने अवसर विधानले ब्यवस्था गरेको छ । केहि महिना ढिला गरी भएको अधिबेशनमा प्रेस चौतारी र प्रेस युनियनले गठबन्धन गरेका थिए भने प्रेस सेन्टर र प्रेस युनियनले कारवाही गरेकाहरुको समुह तथा अन्य संगठनहरुको गठबन्धन थियो ।