2026 August 05/ 09:53: 03am

            धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ३ को कार्यालय भवनको उद्घाटन धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बिच गरेका छन् । 
           भवन उद्घाटन गर्दै प्रमुख अतिथी ब्याञ्जुले उक्त भवन नगरमा नयाँ र नौलो किसिमले बनेको हुँदा बाँकी सबै वडामा उक्त किसिमको भवन बनाउनु पर्ने बताए । वाँ वडाहरुमा प्रक्रिया मार्फत हामि छिट्टै नयाँ भवन बनाउछौ ब्यबन्जुले भने । वडा भवन ब्यस्थित भएमा मात्रै नागरीकहरुलाई सेवा प्रदान गर्न सहज हुने ब्यान्जुले बताए । वडाको समग्र विकासमा ध्यान दिन सबै वडाअध्यक्षहरुलाई आग्रह गरेका थिए । वडा अध्यक्ष तथा कार्यक्रमका सभापति गणेश आचार्यले उक्त भवन निमार्ण कार्यमा लामो समय लागेपनि वडाले सफलता प्राप्त गरेको बताए । उक्त भवन ५२ लाख ४१ हजार मा निर्मित ईर्नजी इफिसिएन्सी माध्यमद्धारा निर्मित रहेको बताए । आगलागी र भुकम्प बाट सुरक्षित भवन रहेको बताएको छ । कार्यक्रममा संस्थापक नगर प्रमुख बेल प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासीनी, वडा अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य हिरा बहादुर तामाङले राखेका थिए ।