पनौती/सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं बार्षिक साधारण सभा एकाई प्रतिनिधिहरुको सभा तथा पदस्थापन कार्यक्रम राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवी बस्नेतको प्रमुख आतिथ्यता तथा अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
सामुदायीक सहकारीमा १९ सदस्यीय संचालक र ३ सदस्यीय लेखा समितिका लागि परेका उम्मेदवारी केहि खारेज र केहि फिर्ता भए पछि सबै पदमा सर्वसम्वत भएको हो । मुकुन्द शर्मा अध्यक्ष, बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर, उपाध्यक्षमा भवानी थापा निर्विरोध भएकी छिन् । सचिव पदमा सरोजकुमार तिमल्सिना निर्विरोध भएका छन् । कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् । संचालक सदस्यहरुमा विकास पन्त, श्याम सापकोटा, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, मदन खकुरेल, भैरवप्रसाद सेढाई, कौशलराज खड्का रहेका छन् । महिला सदस्य संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुम्मिता नेपाली निर्विरोध भएकी छिन् । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भिमप्रसाद बञ्जारा निर्विरोध भएका छन् । पनौती नगरपालिका वडा नम्वर ४ मा मुख्य कार्यालय रही काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यका भित्रका विभिन्न १८ वटा सेवा केन्द्रहरु मार्फत ६० हजार शेयर सदस्यहरुको ६ अर्ब १४ करोडको कारोवार गरिरहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० आंै सभा कार्तिक १५ गते शनिबार विभिन्न इकाईमा आयोजना गरिएको थियो ।
पदस्थापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य सुमन नेपाल, बागमती प्रदेश प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष निर्मला श्रेष्ठ, सल्लाहकारहरु, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सामुदायीक सहकारीले नेपालमा नमुना सहकारीका रुपमा स्थापित हुने गरी कार्य गर्न शुभकामना दिएका थिए । सहकारीले एक वर्षको अवधीमा ४ करोड ४९ लाख ६६ हजार ३ सय ८१ रुपैया कर बुझाएको छ । जोखिम ऋण ब्यवस्थापन कोषमा ७ करोड ३५ लाख ७ हजार रुपैया जम्मा गरिएको छ । ४० प्रतिशत सदस्यले सहकारीबाट ऋण लिएका छन् । संस्थामा १ सय ३४ कर्मचारी कार्यरत रहेकोमा चालु वर्षका लागि २४ जना थप गरिएको छ । जिल्लामा धेरै सदस्य, धेरै कारोवार र धेरै कर तिर्ने संस्थाका रुपमा सामुदायिक सहकारीलाई चिनिन्छ । आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा संस्थाले सबै खर्च कटाएर १२ करोड ३८ लाख ३७ हजार ४ सय ६९ रुपैया मुनाफा गरेको छ ।





