१२ पदमा निर्विरोध, बाँकी पदमा भोलि निर्वाचन
बनेपा/पत्रकार महासंघ काभ्रेको १२ अधिवेशनबाट अध्यक्षमा विनोद कुमार न्यौपाने निर्वाचित भएका छन् ।
पत्रकार महासंघ काभ्रेको नयाँ नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्ताको कार्यतालिका थियो । निर्वाचन समितिले तोकेको समयमा अध्यक्षका लागि न्यौपानेको मात्रै उम्मेदवारी परेको छ । पत्रकार महासंघ काभ्रेको कार्यसमितिमा ४ जना, प्रदेश परिषद् सदस्यमा ६ जना र केन्द्रिय परिषद् सदस्यमा २ जना सहित १२ जना निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा न्यौपाने, उपाध्यक्ष (महिला) मा सम्झना गौतम, महिला सदस्यमा सविता न्यौपाने र आदीवासी जनजाती सदस्यमा चमारसिं लामा निर्विरोध भएका छन् । प्रदेश परिषद् सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्विरोध भएका छन् ।
प्रदेश परिषद्का लागि महिला १ जना, समावेशी १ र खुल्ला ४ जना आवश्यक पर्नेमा ६ जनाको नै उम्मेदवारी परेको थियो । यस्तै केन्द्रिय परिषद् सदस्यका लागि महिलातर्फ सम्झना हुमागाँई र समावेशीमा रामचन्द्र दनुवारको मात्रै उम्मेदवारी परेको छ । खुल्ला ४ पदका लागि भोलि सरोज कुँईकेल, प्रदीप केसी, प्रल्हाद शर्मा हुमागाँई, रमेशप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ ।
पत्रकार महासंघ काभ्रेको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेको साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बन्जाराको उम्मेदवारी परेको छ । यस्तै सचिवमा प्रेस युनियनबाट शुभराज अधिकारी र नगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । सह–सचिव (समावेशी) मा प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको छ । सह–सचिव (खुल्ला) तर्फ एक पदका लागि प्रेस युनियन र प्रेस चौचारीको साझा उम्मेदवार देवराज केसी र पे्रस सेन्टरबाट रोजन तामाङको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षमा केशवराज पौडेल र शिखर चिमौरीयाबीच प्रतिस्पर्धा हुने देखिएको छ । सदस्यमा ४ सिटका लागि ९ जनाको उम्मेदवारी परेको छ । सदस्यमा मोहन कृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणी नेपाल, प्रकाश दाहाल, शिव प्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाँई र रोशन तिमल्सिनाले उम्मेदवारी दिएका छन् । यस्तै केन्द्रिय परिषद सदस्यका लागि महिला, समावेशी र खुल्ला १/१ जना चाहिनेमा ६ जनाले उम्मेदवारी दिएका छन् ।
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा भएको थियो । काभ्रेमा अध्यक्ष, उपाध्यक्ष (महिला) र कोषाध्यक्ष प्रेस चौतारीको भागमा परेको छ । यस्तै उपाध्यक्ष (पुरुष), सचिव, सह–सचिव समावेशी र खुल्ला प्रेस युनियनको भागमा परेको छ । बाँकी पदमा २८ गते निर्वाचन हुँनेछ ।





