2025 July 14/ 04:36: 33am

पनौती/तेजगंगा बहुमुखी क्याम्पस पनौतीले स्थापनाको २४ औ बार्षिकोत्सव मनाएको छ । साथै सोहि अवसरमा तेजगंगा दर्पण ३ लोकार्पण गरेको छ । बागमती प्रदेश सभा उप सभामुख अप्सरा चापागाईको प्रमुख आतिथ्यतामा तथा कार्यवाहक अध्यक्ष राजाराम सैजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि थिए । 
    कार्यक्रममा बोल्दै उपसभामुख अप्सरा चापागाईले तेजगंगा क्याम्पस पनौती र आसपासका क्षेत्रमा शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै शैक्षिक क्षेत्रहरुको सफलतामा चुनौती थपिदै गएको बताईन् । हरेक संस्थाहरुको सफलता सबै सरोकारवाला निकायसँगको समन्वयमा हुने बताउँदै उप सभामुख चापागाईले शैक्षिक क्षेत्रमा अपेक्षा अनुसारको प्रगति हुन नसकेको बताईन् । पछिल्लो समय विद्यार्थी र मुलुकको आवश्यकता अनुसारको शिक्षा नभएको हो कि भन्ने संकेतहरु देखिन थालेकाले त्यसलाई समयमै पाठ्यक्रम, शिक्षा नीति, ब्यवस्थापन, प्रणाली तथा प्रविधिको माध्यमबाट सुधार्नुको विकल्पन नभएको उनले बताईन् । उदाहरण स्वरुप प्रदेश लोक सेवा आयोगले माग गरेको विज्ञापनमा उल्लेख गरे अनुसार परिक्षार्थी सहभागि नहुनु र भएका परिक्षार्थीहरु उर्तिण हुन नसक्नु चुनौती रहेको उनले बताईन् । 
    संस्थापक क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले क्याम्पसले २४ वर्षको अवधीमा गरेका विविध गतिविधिहरु,  संर्घष र आगामी योजनाका बारेमा जानकारी गराएकी थिईन् ।  सहायक क्याम्पस प्रमुख भिमसेन केसीले संचालन गरेको कार्यक्रममा नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, वडा अध्यक्ष दिपक दाहाल, प्राध्यापक डा.श्यामप्रसाद भट्टराई, कुशादेवी क्याम्पस प्रमुख शशी बोलखे, यातायात ब्यवसायी तथा समाजसेवी राजेशसुन्दर सैँजु, विरबहादुर थापा लगायतले क्याम्पसले पनौती क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।