2024 December 06/ 06:09: 53am

    पनौती/ज्योति मिर्मिरे सामुहिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ बार्षिक साधारण सभाबाट आगामी चार वर्षका लागि पुनः उद्धवप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । एकाई प्रतिनिधिहरुको संयुक्त सभामा निर्विरोध निर्वाचित पदाधिकारीहरुको सपथ गराईएको थियो । 
    अधिबेशनबाट उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् । महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोल तर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् । पुर्व अध्यक्ष कृष्ण सापकोटाको संयोजकत्वमा निर्वाचित समिति गठन भएको थियो । सपथ ग्रहण कार्यक्रममा पुर्व सल्लाहकारहरु, सहकारी क्षेत्रका विभिन्न तहका नेताहरु तथा सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । 
    सोहि कार्यक्रममा बागमती प्रदेश सहकारीका महासचिव गोविन्द काफ्ले, सदस्य विकास बादे, जिल्ला सहकारी संघका पुर्व अध्यक्ष दिलिप जंगम, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । २० हजार ५१ सदस्य रहेको उक्त संस्थामा १८ हजार ३ सय २६ सदस्य, ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत, १ हजार ७ सय २५ जना बाल सदस्य छन् । १२ करोड ३१ लाख ८ हजार ७ सय रुपैया शेयर रकम, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैया ऋण लगानी भएको छ । शेयर वचत बचत लगानी रकम १३ करोड ९० लाख २३ हजार ६ सय ४६ रुपैया रहेको छ । जमिन तथा फर्निचर ४ करोड ८२ लाख ५१ हजार ८ सय २२ रुपैयाको रहेको छ । सभामा प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले शेयर सदस्यलाई विभिन्न क्षेत्रको सुविधा उपलब्ध गराउँदै गर्भ देखि दाहसंस्कारसम्मका सुविधामा सहजिकरण गरिएको बताए । संस्था २५ वर्ष पुगेको अवसरमा २५ वटा नै कार्यक्रम गर्ने गरी स्थापना दिवसमा घोषणा गरिएको छ । सोहि अवसरमा कलाकार मुकुन्द थापालाई सम्मान गरिएको थियो ।