2025 July 14/ 04:51: 25am

मोतीराम तिमल्सिना
धुलिखेल

    २०२८ साल पछिको विपत्ति भित्रिएको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । मुल्यांकन नै गर्न नसकिने गरी भएको क्षतिको एकीन विवरण अझै प्राप्त हुन सकेको छैन । विशेषगरी बेथान्चोक, रोशी, तेमाल, पनौती, बनेपा, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध, चौरीदेउराली, खानीखोला, भुम्लु लगायतका पालिकाहरुमा भौतिक र मानविय क्षति धेरै भएको छ । महाभारत, पाँचखाल लगायतका पालिकाहरुमा भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन । 
    राष्ट्रिय जनगणना २०७८ मा सामुदायिक प्रश्नावली मार्फत प्रत्येक वडा कार्यालयहरुमा गई सोधिएका विभिन्न प्रश्नहरुमध्ये वडामा हुने प्राकृृतिक विपत तथा जोखिम बारेमा सोधिएको प्रश्नानुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल १ सय ३५ वडाहरु मध्ये वाढीको जोखिम ४९ (३६.३० प्रतिशत) वटा वडाहरु, पहिरोको जोखिम ११५ (८५.१९ प्रतिशत) वटा वडाहरु, भु–क्षयको जोखिम ४३ (३१.८५ प्रतिशत) वटा वडाहरुमा देखिएको छ भने कुनै पनि किसिमको जोखिम नभएको वडाहरु जम्मा ८ वटा ५.९३ प्रतिशत देखिएको छ । चौरीदेउराली गाउँपालिका ९ वटा वडा मध्ये २ वटामा वाढी, ८ वटामा पहिरो र ३ वटामा भुक्षयको जोखिम छ । भुम्लु गाउँपालिकाका १० वटा वडा मध्ये ४ वटामा बाढी, ९ वटामा पहिरो र ३ वटामा भुक्षयको जोखिम छ । मण्डनदेउपुर नगरपालिकामा ४ वटामा वाढी, १० वटामा पहिरो र ६ वटामा भुक्षयको प्रकोप छ । बनेपा नगरपालिकामा ७ वटामा वडामा बाढी, ११ वटामा पहिरो र ४ वटामा भुक्षयको प्रकोप छ । एउटा वडामा कुनै खालको पनि जोखिम छैन । 
    धुलिखेल नगरपालिकामा १ वटामा बाढी, ७ वटामा पहिरो र ४ वटामा भु–क्षयको प्रकोप छ । पाँचखाल नगरपालिकामा ६ वटामा बाढी, ११ वटामा पहिरो र ४ वटामा भु–क्षयको प्रकोप छ । पाँचखालका ३ वटामा कुनै प्रकारको पनि प्रकोप छैन । तेमाल गाउँपालिकाका २ वटामा बाढी, ९ वटामा पहिरो र ४ वटामा भु–क्षयको प्रकोप छ । नमोबुद्ध नगरपालिकामा ३ वटामा बाढी, १० वटामा पहिरो र ५ वटामा भुक्षयको प्रकोप छ । पनौती नगरपालिकाका ६ वटामा बाढी, ७ वटामा पहिरो र २ वटामा भु–क्षयको प्रकोप छ । बेथान्चोक गाउँपालिकामा ४ वटामा बाढी, ६ वटामा पहिरो र १ वटामा भुक्षयको प्रकोप छ । रोशी गाउँपालिकामा ५ वटामा बाढी, १२ वटामा पहिरो र ५ वटामा भुक्षयको प्रकोप छ । महाभारत गाउँपालिकामा ४ वटामा बाढी, ८ वटामा पहिरो र १ वटामा भुक्षयको प्रकोप छ । खानीखोला गाउँपालिकाका १ वटामा बाढी, ७ वटामा पहिरो र १ वटामा भुक्षयको प्रकोप छ । 
    डुबान, आँधी हुरी बतास, चट्याङ्ग, असिना, अतिबृष्टि, खण्डबृष्टि, लु, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (बस्तिमा), बन डडेलो, हिमताल विस्फोट, हिम पहिरो लगायतका जोखिम छन् । पालिका अनुसारको विस्तृत विवरण तलको तालिकामा दिईएको छ ।