नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा संचालित भट्टाहरुलाई बातावरण मैत्री नभएकाले तत्काल बन्द गर्न अल्टिमेटम दिदै नगर सभाले पास गरेको निर्णयलाई ब्यवसायी लतार्न सफल भएका छन् । नगरपालिकाले केहि महिनाबाट सदाको समस्या शान्ति प्रकृयाबाटै समाधान हुन्छ भने ब्यवसायीहरुको कुरा मानौ भन्ने उदेश्यले अन्तिम पटक सम्झौता गरेको प्रतिक्रिया दिएको छ ।
नगरपालिकाले भट्टा बन्द गर्ने र दर्ता तथा नविकरण रोक्ने निर्णय र अल्टिमेटम पछि ब्यवसायीहरुले असोज महिनामा भएको आठ वटा मध्ये चार वटा उद्योग मात्र संचालन गर्ने र अहिले भएको सम्झौता अनुसार सबै भट्टा बन्द गर्ने प्रस्ताव राख्दा नगरपालिकाले ईन्कार गरेको थियो । नगर सभाले भट्टा ब्यवसायीहरुसँग कुनै पनि शिर्षकमा कर समेत नलिने निर्णय गरेको थियो । जसले नगरपालिकामा धुँवा उडाँउँदै झण्डै चार करोडको राजश्व गुमेको छ । प्रति ईटा उत्पादन बापत ५० पैसा मात्रै कर संकलन गरिएको अवस्थामा पनि चार करोड भन्दा धेरै रकम असुल हुन्थ्यो तर नगरपालिकाले आफ्नै निर्णयलाई लात हान्दै ब्यवसायीहरुको पक्षमा भट्टा चल्न दिएर पनि कर असुल गरेन । ‘सदाका लागि समस्या समाधान हुन्छ भने केहि महिनाको तनाव सहन बाध्य हुनु उत्तम लाग्यो’–सम्झौताका क्रममा जनप्रतिनिधिहरुले भने । नगर प्रमुख टिपी शर्माको एक सुत्रिय अभियान भट्टा यो वर्ष संचालनमै नआई हटाउने अभियान सफल हुन सकेन ।
ब्यवसायीहरुले चालु आर्थिक वर्षको असार मसान्तसम्म संचालन गर्न पाउने सहमति शनिबार गरेका छन् । ‘नगर सभाको निर्णय विपरित जिल्ला समन्वय समितिको रोहवरमा ब्यवसायीहरुले असार मसान्तसम्म भट्टा सञ्चालन गर्ने सहमति गरेका छन्’–स्थानीयहरुले भने–‘नगर सभाकै निर्णय कार्यान्वयन गर्न नसक्ने नगरपालिकाले अरु निर्णय कसरी कार्यान्वयन गर्न सक्छ ?’ नागरिकहरुको हितमा गरिएको निर्णयबाट नगरपालिका पछि हट्नुको कारण बारे स्थानीयहरु अनभिज्ञ छन् । भट्टा उद्योबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा गत वर्ष ३३ वटा संस्थाका हजारौ ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए । खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतियोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो । नमोबुध्द नगरपालिकामा अबस्थित इटटा उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण सम्बन्धी कार्यको अध्ययन ÷अनुगमन प्रतिवेदन मार्फत भट्टाहरुले संचालन अनुमति प्राप्त गर्दा पालना गर्नु पर्ने कुनै पनि शर्तहरु पालना नगरेकाले तत्काल बन्द गर्न निर्देशन दिईएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले नमोबुद्धमा संचालन भएका इटा उद्योगहरुले नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड उद्योगिहरुले कार्यान्वयन गरेको नपाइएको, उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण गर्नको लागि चिम्नीमा हुनुपर्ने भ¥याङ र पेलेटफर्म नहुदाँ सवै उद्योगहरु बाट नमूना संकलन गर्न नसकिएको, उद्योगिहरुले उक्त मापदण्डको बारेमा जानकारी नभएको बताएको, शिव शक्ति इटा उद्योग, नमोबुद्ध नगरपालिका २ मा स्याम्प्लीङ होल भए पनि नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड अनुरुप स्याम्प्लीङ प्वाईन्ट र स्याम्प्लीङ प्लेटफर्म नभएको, आईईको प्रतिबेदनमा प्रतिबद्धता गरिए अनुसार पालन नगरिएको प्रतिवेदन बुझाएको थियो ।
भैरबकुण्ड ईटा उद्योग, नमोबुद्ध नगरपालिका २, जय शिवशक्ति ईटा उद्योग, नमोबुद्ध नगरपालिका ३, पंंचकन्या इटा उद्योग, नमोबुद्ध नगरपालिका ३, शंकर इटा उद्योग, नमोबुद्ध नगरपालिका ३ र शिब शक्ति इटा उद्योग, नमोबुद्ध नगरपालिका २ मा स्थलगत अध्ययन गरिएको थियो । उल्लेखित उद्योगहरुको स्थलगत अध्ययनका क्रममा चिम्नीको उचाई नाप तथा धुँवाको नमूना परिक्षण गरी मापदण्डको कार्यान्वयन अवस्था पत्ता लगाउन नमूना संकलन गरी परिक्षणको लागि प्रयोगशालामा लगिएको थियो । प्रयोगशालाबाट चिम्निहरुमा स्याम्पलीङ प्वाईन्ट र प्लेटफर्म नभएको, कालो धुँवा चिम्निबाट निस्किएको, चिम्निको भटिको तापकम बढि मात्रामा भएको, प्रदुुषण रोकथामका कुनैपनि कार्यहरु नगरिएको, प्रदुुषणको परिमाण एबं धुलोका कणहरुलाइ कम गर्न कुनैपनि कार्य नगरिएको देखिएको थियो । नमोबुद्ध नगरपालिकालाई वातावरण मैत्री नगर बनाउने २०७४ जेष्ठ १० गतेको प्रतिवद्धता पु्रा गर्ने नगर प्रमुख टिपी शर्माको अभियान पछि धकेलिएको छ ।





