धुलिखेल/धुलिखेल वडा नम्वर ८ र भट्टेडाँडा युवा समुहको आयोजनामा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।
सोहि अवसरमा वडा कार्यालय मार्फत रकम लिई उपभोक्ता समितिहरुले गरेको कार्यमा उत्कृष्ट भए बापत उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो । अध्यक्ष निराजन जंगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले युवाहरुको सहभागितामा हुने हरेक कामहरुको सफलता र युवा सहभागितामा नगरपालिकाको साथ रहने बताए । कार्यक्रममा युवा समुहका अध्यक्ष राम वाईवा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सास्कृतिक प्रस्तुतीका लागि चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।





