बनेपा/उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट कारोवार शुरु गरेको छ । नेपाल सरकारका पूर्व उप सचिव हरि बशिष्ठले नयाँ भवनको शुभारम्भ गर्नु भएको थियो । बनेपा नगरपालिका वडा नम्वर ७ स्थित चारदोवाटो नजिकै अरनिको राजमार्गको भित्र सहकारीले आफ्नै भवनबाट कारोवार शुरु गरेको हो ।
६ आना जमिन सहित ४ तल्ले पक्कि घरबाट कारोवार शुरु गरेको सहकारीको आर्थिक वर्षको अन्त्यसम्ममा ४२ करोड बचत गरी ४५ करोड ऋण लगानी गरेको छ । साँढे ४ करोड शेयर पुँजी रहेको उक्त सहकारीको ६५ करोडको कारोवार रहेको छ । एकल महिला, अशक्त तथा असहाय सदस्यहरुका लागि १० प्रतिशत ब्याजदरमा विना धितो २ लाख रुपैयाँसम्म ऋण लगानी गरिरहेको छ । हरेक वर्ष संस्थाको स्थापना दिवसको अवसर पारी १० जना बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको सचिव शान्तमणी रिजालले बताउनु भयो । भवन शुभारम्भ कार्यक्रममा ब्यवसायीहरु विज्ञान राई, नुनम सुब्बा, संस्थाका अध्यक्ष मोहन गजुरेल, सचिव शान्तमणी रिजाल, कोषाध्यक्ष चण्डीका चौलागाई, प्रवन्धक साजन राजबाहक, संचालक सदस्यहरु, कर्मचारीहरु, शुभचिन्तक र सदस्यहरुको सहभागिता रहेको थियो । संस्थामा ३ हजार २ सय सदस्य रहेको सचिव रिजालले बताउनु भयो ।
सहकारीले आवधिक निक्षेप, अवधि बचत, सुरक्षित भविश्य बचत, निक्षेप लगायतका योजनाहरुमा सदस्यहरुलाई बचत गराएको छ । उग्रतिर्थ पेन्सन बचत, बाल शैक्षिक बचत, नारी उत्थान तथा जेष्ठ बचत, किसान बचत, साधारण बचत, उग्रतिर्थ विशेष बचत, कल बचत, सुपर सेभिड्ड बचत, मासिक क्रमिक बचत रहेको छ ।





