2026 July 07/ 08:27: 40am

   धुलिखेल/कोरोनाका बाबजुत पनि अदालतको सेवा सूचारु राखेको जिल्ला अदालत काभ्रेपलाञ्चोकले लक्ष्य नजिक मुद्दाहरुको फैसला गरेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा अदालतले ८ सय ९२ थान मुद्दाको फैसला गरेको श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले बताउनु भयो । 
    आर्थिक वर्ष २०७६/०७७ को लगत सरी आएका ९ सय ८२ थान मुद्दामा २०७७/०७८ मा १ हजार १ सय ३२ थान मुद्दा थप भएका थिए । एक वर्षमा दर्ता भएका मुद्दाहरुमा पुरानो लगत सरी आएका समेच गरी २ हजार १ सय १४ थान मुद्दा मध्ये ८ सय ९२ थान मुद्दा फैसला भएको हो । चालु वर्षका लागि १ हजार २ सय २२ थान मुद्दाको लगत सरी आएको अदालतले जानकारी दिएको छ । फछर्याैट भएका मध्ये २ वर्ष नाघेका ९३ थान मुद्दा छन् । डेढ वर्ष देखि २ वर्षसम्मका १ सय २५ थान मुद्दाको फछ्र्याैट भएको श्रेस्तेदार घिमिरेले बताउनु भयो । १ वर्ष देखि डेढ वर्ष अर्थात १८ महिनासम्मका १ सय ६७ थान, ६ महिना देखि १ वर्षसम्मका १ सय ५६ थान र ६ महिना भित्रका ३ सय ५१ थान मुद्दाको फैसला भएको छ । 
    चालु वर्षलाई जिम्मेवारी सरेका मुद्दाहरुमा ६ महिना भित्रका ४ सय २८ थान, एक वर्षसम्मका ३ सय ११ थान, डेढ वर्ष अवधीका १ सय ८७ थान, २ वर्षसम्मका १ सय ६५ थान र २ वर्ष नाघेका १ सय ६१ थान गरी १ हजार २ सय २२ थान मुद्दा फछ्र्याैट हुन बाँकी रहेको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।