2026 July 07/ 08:25: 30am

लक्ष्मण तिमल्सिना
पाँचखाल

    मनकामना बचत तथा ऋण सहकारी संस्थाको छैठौं सम्पर्क कार्यालय पाँचखाल नगरपालिकाको समाज कल्याण चोकमा स्थापना गरिएको छ । 
    कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गर्नु भएको थियो । खरेलले पाँचखाल नगरपालिका विस्तारै सहकारीको हब बन्दै गएको बताउनु भयो । पाँचखाल नगरपालिका कृषि पकेट क्षेत्र भएकाले नगरपालिकामा सहकारी, वित्तिय संस्था, बैकहरु स्थापना भएको बताउनु भयो । वित्तिय संस्थाहरुले अबको लगानी उत्पादन सँगै बजार ब्यबस्थापनमा लगाउनु पर्ने खरेलको भनाई थियो । पाँचखाल नगरपालिकामा अझै केहि ब्यपारीहरुको तरकारी र दुग्ध क्षेत्रमा सिन्डकेट रहेकाले कृषकहरुले उत्पादनको मुल्य पाउन नसेकेको बताउँदै उक्त सिडेन्केट अन्त्य गर्न नगरपालिका लागेको नगर प्रमुख खरेलले बताउनु भयो । कृषकहरुले उत्पादन गर्ने तर बजार नपाउने भएकाले सबै सहकारीहरु मिली उक्त उत्पादनलाई बजारीकरणका लागी सहयोग गर्नु पर्ने बताउनु भयो । पाँचखालमा बृहत खानेपानी, प्रत्येक वडामा जाने सडक कालोपत्रे, २ वटा विश्वविद्यालय स्थापना, सेज, ग्रिन सिटी लगायतका प्रजेक्टहरु अगाडि बढेकाले नगरमा ढुक्क भएर गर्न लगानी गर्न खरेलले आग्रह गर्नु भएको थियो । 
    कार्यक्रमका विशेष अतिथी उपप्रमुख लक्ष्मी दनुवारले सहकारी–सहकारी बिच समन्वय गरी सदस्यहरुलाई सहज बनाउनु पर्ने बताउनु भयो । नगरको न्यायिक समितिमा एउटाबाट ऋण लिने अर्काेमा तिर्ने, अर्काेमा लिने अर्काेमा तिर्ने प्रवृत्ति भएको पाएकाले कर्जा सुचना केन्द्र स्थापना गरी ऋणीको पहिचान गर्नु पर्ने बताउनु भयो । सहकारीको संख्या र सदस्यको संख्या बढाउनु भन्दा गुणस्तरीय र सेवामुखी हुनु पर्ने दनुवारले बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संंघका पूर्व अध्यक्ष शुभ अधिकारी, सोमप्रसाद हुमागाई, मनकामना साकोसका सञ्चालक सदस्य तथा पाँचखाल सम्पर्क कार्यालयका संयोजक चर्तुभुज तिमल्सिना लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बालकृष्ण दाहालले २६ वर्ष अघि स्थापना भएको सहकारीले हाल तिनवटा जिल्लामा कार्यक्षेत्र बनाई कारोबार गरेको बताउनु भयो । विगतमा समेत नेपाल राष्ट्र बंैकको सिमित कारोबार गर्ने संस्था छनौट भएकामा अहिले जिल्लाको उत्कृष्ट संस्था बन्न सफल भएको उहाँले बताउनु भयो । 
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले संस्थाका ६ वटा सम्पर्क कार्यलय रहेको र ३ वटा जिल्ला काठमाडौ, भक्तपुर र काभ्रेमा कार्यक्षेत्र रहेको बताउनु भयो । निकट केहि समय पछि ललितपुरमा समेत कार्यक्षेत्र बढाउन लागीएको दाहालले वताउनु भयो । संस्थाको असार मसान्त सम्म कुल वासलात २ अर्ब, शेयर पुजीं २० करोड र सदस्य संख्या ७ हजार भन्दा माथी रहेको बताउनु भयो । संस्थाले सदस्यहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दै आएको दाहालले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष गोपाल प्रसाद घिमिरेले राख्नु भएको थियो भने सञ्चालन शम्भुप्रसाद घिमिरेले गर्नु भएको थियो ।