2026 July 07/ 07:16: 02am

    बनेपा/रोटरी क्लब अफ काभ्रे भ्याली, रोट¥याक्ट क्लब अफ काठमाडौ विश्वविद्यालय मेडिकल स्कुलको संयुक्त आयोजनामा रोटरी क्लव अफ धुलिखेलको सहयोगमा बृक्षारोपण गरिएको छ । 
    ‘गो ग्रीन’ भन्ने अभियानका साथ काठमाडौ विश्वद्यिालयको चौकोट स्थित मेडिकल साईन्स तथा नवनिर्मित काठमाडौ विश्वविद्यालयको फोक्सो अनुसन्धान केन्द्र परिसरमा रिठ्ठा, धुपी, तेजपत्ता, लब्सी, बकाईनो, कपुर, मसला लगायतका ५ सय विरुवाहरु बृक्षारोपण गरिएको रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठले जानकारी दिनु भयो । 
    बृक्षारोपण कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, विश्वविद्यालयका डिन डा. राजेन्द्र कोँजु, विश्वविद्यालयका रजिस्ट्रार डा. सुवोध शर्मा, रोटरी क्लव अफ धुलिखेलका मनिष येगोल र अशोक श्रेष्ठ, रोट¥याक्ट क्लव अफ काठमाडौ विश्वविद्यालय मेडिकल स्कुल का पोसेन सापकोटा, नवनियुक्त रोटरी क्लव अफ काभ्रे भ्यालीका सदस्यहरु प्रिया श्रेष्ठ, संगिता मानन्धर, अभिषेक श्रेष्ठ, रविन शर्मा लगायतको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रममा सहभागिहरुले बदलिँदो जलबायु परिवर्तन, मनसुन तथा जलवायु परिवर्तनका कारण हुन सक्ने विपदहरुमा आम नागरिक सचेत हुँदै हरेक क्षेत्रमा बृक्षारोपणका लागि प्रोत्साहन गर्नुपर्ने बताएका थिए । रोटरी क्लबले वातावरण संरक्षणका लागि निरन्तर बृक्षारोपण तथा अन्य गतिविधिहरु गरिरहेको छ । 
काभ्रेमा थपियो नयाँ क्लव
    काभ्रेमा रोटरीको नयाँ क्लब थपिएको छ । २०७८ असार ३१ गते विहिबार दर्ता भई मान्यता प्राप्त गरेको रोटरी क्लब अफ काभ्रे भ्यालीको अध्यक्ष पदमा अनुपकुमार श्रेष्ठ रहनु भएको छ । क्लबको सचिव अशोक पाण्डे, उपाध्यक्ष विभो कायस्थ, मनोनित अध्यक्ष रिकेश कायस्थ रहनु भएको छ । त्यस्तै सह–सचिव प्रिया श्रेष्ठ, कोषाध्यक्ष नविना बैद्य, सह–कोषाध्यक्ष अस्मिता बैद्य, मर्यादापालक संगिता मानन्धर, युवा सेवा प्रमुख अभिषेक श्रेष्ठ, सुचना प्रविधि प्रमुख गौरव भण्डारी, शिक्षा संयोजक डा. महेन्द्र थापा, स्वास्थ्य संयोजक डा. अभिषेक सुमन रहेका छन् । क्लवमा पाँचवटा समिति गठन भएका छन् । 
    परियोजना संयोजकमा डा. सञ्जय मानन्धर, रोटरी क्लव फाउण्डेशन संयोजक अजय हुमागाई, सदस्य संयोजक चार्ली नेपाल, क्लव प्रशासन प्रमुख श्री मानन्धर, नागरिक छवि संयोजक सरिता सापकोटा रहनु भएको छ । क्लवले यस अघि कोभिड १९ विरुद्धको सचेतनामुलक कार्यक्रम संचालन गरेको थियो । साथै बनेपाको शिर मेमोरियल अस्पताल बनेपालाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको अध्यक्ष अनुपकुमार श्रेष्ठले बताउनु भयो ।