बनेपा/नेकपा एमाले भित्र विवाद भईरहेका बेला देशभरका संगठित सदस्यहरुको नविकरण र नयाँ सदस्यता वितरण कार्यधमाधम भईरहेको छ । पार्टीएकीकरण हुनु अघि भरिएका सदस्यहरुको विवरण सहित थप नयाँ सदस्यहरुको आवेदन भरी हरेक वडा वडामा नविकरणको कार्यभईरहेको छ । एमाले जिल्ला कमिटीको बैठकले नविकरणको कार्यसाउन पहिलो साता भित्र सम्पन्न गर्ने गरी सर्कुलर गरेको थियो ।
एमाले जिल्ला कमिटीको बैठकले नविकरणको कार्य साउन पहिलो साता भित्र सम्पन्न गर्ने गरी सर्कुलर गरेको थियो । ‘जिल्लाभर रहेका संगठित सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको धमाधम अभिलेखिकरणको कार्य भईरहेको छ’–एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘केहि दिन भित्रै सबै कार्य सम्पन्न हुनेछ ।’
१० हजार ९ सय ९६ संगठित सदस्यको नविकरण सँगैनयाँ सदस्यताका लागि सबैकमिटीहरुमा सर्कुलर गरिएको एमाले सचिवालय सदस्य राजन भुर्तेलले जानकारी दिनुभयो । ‘पार्टीकेन्द्रीय कमिटीको निर्देशन बमोजिम पार्टीजिल्ला कमिटीको २०७८ असार २२ गते पार्टीजिल्ला कार्यालयमा सम्पन्न बैठकले साउन ५ गते सम्ममा सबैसंगठित सदस्यहरुको नवीकरण सम्पन्न गर्नेर नयाँ संगठित सदस्यता आवेदन संकलन गर्नेतथा पार्टीएकताको क्रममा र अरु विभिन्न पार्टीबाट नेकपा एमालेमा समाहित हुनेहरुको संगठित सदस्यताको अभिलेख अद्यावधिक र नवीकरण गरिसक्ने निर्णय भएको छ’ सचिवालय सदस्य राजन भुर्तेलले भन्नुभयो‘प्राविधिक कारण केहि समय थप हुन सक्ने सम्भावना छ । वडा, नगर तथा गाउँ कमिटीबाट नविकरण तथा नयाँ सदस्यहरुको विवरण धमाधम आईरहेको छ ।’ संगठित सदस्यता नवीकरण, आवेदन तथा अद्यावधिक संगठित सदस्यता नवीकरण कार्य २०७८
साउन ५ गतेसम्ममा सम्पन्न गरिसक्ने, सबैसंगठित सदस्यहरुको सदस्यता २०७७ फागुन देखि २०७८ चैत्र महिना सम्म जम्मा १४ महिनाको नवीकरण गर्ने, सबैसंगठित सदस्यहरुको नवीकरण फाराम अनिवार्यरुपमा भर्ने, संगठित सदस्यता शुल्क र लेवी पार्टीको नियमावलीले तोके बमोजिम २० रुपैयाँका दरले प्रति महिनाका दरले १४ महिनाको एकमुष्ट २ सय ८० रुपैयाँ असूली गर्ने, पार्टीएकता अन्तर्गत मूलधारमा रहनु भएका कमरेडहरुका सन्दर्भमा पूर्वपार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिलाईआधार मानी संंगठित सदस्यताको अभिलेखिकरण गरी सदस्यता शुल्क र लेबि बापत मिति २०७८ चैत्र मसान्त सम्मका लागि २ सय ८० लिइ नविकरण गर्नेनिर्णय गरेको छ ।
पालिका कमिटीले आफ्नो तहमा भेला आयोजना गर्ने, भेलामा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका अध्यक्ष वा संयोजक तथा सचिब, नयाँ वडा कमिटी गठन नभएका ठाउँमा साबिक कमिटीका अध्यक्ष तथा सचिव, जिल्ला कमिटीमा रहनुभएका सम्बन्धित भुगोलका जिल्ला कमिटी सदस्य, पूर्वजिल्ला कमिटी सदस्य तथा एकता प्रक्रियाबाट पार्टीमा सामेल भैमुलधारमा रहनुभएका कमरेडहरुलाईसहभागी गराउने, वडा कमिटीको आयोजनामा अनुकुलताका आधारमा संगठित सदस्यको भेला आयोजना गर्ने, आवश्यकता अनुसार सम्बन्धित कमिटीहरुले मौलिक योजना बनाईसदस्यता नवीकरण र विस्तारको कामलाईनिर्धारित मिति भित्र सम्पन्न गर्ने, पार्टीका जनसंगठनहरुले जिल्ला र मातहत कमिटीहरुको बैठक राखि आआफ्नो जनसंगठनको सदस्यता नवीकरण, वितरण तथा अद्यावधिक कार्यगर्नेनिर्णय गरेको छ ।





