2026 July 07/ 05:58: 07am

    बनेपा/बनेपा हेल्थ केयरले कोभिड संक्रमित विरामीहरुका लागि पोस्ट कोभिड क्लिनिक, ओपिडि सेवा सचालनमा ल्याएको एक साता नबित्दै हिजो बुधबारबाट पोस्ट कोभिड केयर प्याकेज शुरु गरेको छ । 
    कोभिड संक्रमित भई मुक्त भए पछि पनि स्वास्थ्यमा समस्या आउन थाले पछि बनेपा हेल्थ केयरले उपचारमा सहजता प्रदान गर्ने उदेश्यले केहि दिन अघि पोष्ट कोभिड क्लिनिक, ओपिडि सेवा संचालनमा ल्याएको थियो । हरेक विरामीहरु स्वास्थ्य जाँच तथा परामर्शका लागि क्लिनिकसम्म आईपुग्न नसक्ने अवस्थामा समेत पोस्ट कोभिड केयर प्याकेज मार्फत सुविधा लिन सक्नेछन् । बनेपा हेल्थ केयरले सस्तो दरको पोष्ट कोभिड केयर प्याकेजको घोषणा गरेको छ । ‘कोभिड निको भइसके पछि देखा पर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले बनेपा हेल्थ केयरले सस्तो दरको ‘पोस्ट कोभिड केयर प्याकेज’को घोषणा गरेको प्रबन्धक निर्देशक जितेन्द्रकुमार थापाले बताउनु भयो । 
    हेल्थ केयरले कोभिड पछिका स्वास्थ्य समस्या निदान गरी जिल्ला तथा आसपासका क्षेत्रमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले सस्तो दररेटको प्याकेज घोषणा गरेको जनाएको छ । हेल्थ केयरले २ प्रकारको प्याकेज घोषणा गरेको छ । सस्तो दर रेटको प्याकेज ५ हजार १ सयमा  उपलब्ध गराइने छ । यो प्याकेज अन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ । 
    चेस्ट एक्सरेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यान सहितको प्याकेजको रेटमा भने केहि रकम थप हुनेछ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गरेको  छ । यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल आउन डा. रविन्द्र प्रसाद राजभण्डारीले सुझाव दिनु भएको छ । 
    हेल्थ केयरमा पोष्ट कोभिड क्लिनिकको थप ओपिडि सेवा सुरु गरेको छ । बनेपा नगरपालिका वडा नं. ८, मयूर हल चोकमा अवस्थित गुणस्तरिय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको बनेपा हेल्थ केयरले कोभिड संक्रमण मुक्त भइसके पश्चात स्वास्थ्यमा आउन सक्ने समस्या निराकरण गरी उपचार गर्न डा. रविन्द्र प्रसाद राजभण्डारीको टोलीले पोष्ट कोभिड क्लिनिकको थप ओ.पि.डि. सेवा प्रदान गर्ने भएको हो । क्लिनिकमा विशेषज्ञ ओ.पि.डि. सेवा, ओ.पि.डि. सेवा, फार्मेसी, इमर्जेन्सी डे– केयर, भिडियो एक्स–रे, प्याथोलोजी ल्याव निरन्तर रुपमा संचालन भईरहेको छ ।