धुलिखेल/उपत्यकामा निषेधाज्ञा थपिएको तथा जिल्लामा कोभिड १९ का विरामीहरु बढ्दै गएपछि एक साता अघि आंशिक निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गत आईतबार राति १२ बजेसम्मको निषेधाज्ञाको अवधी जेष्ठ २ गतेसम्म बढाएको छ । राजधानीमा जेठ १३ गतेसम्म निशेषधाज्ञा गर्ने निर्णयसँगै काभ्रेमा पनि बढाउने तयारी भएको छ ।
‘सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै संक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले निषेधाज्ञाको अवधी बढाउने तयारीमा छौं ।’ बैशाख २६ गते आईतबार राति १२ बजेबाट सकिने निषेधाज्ञाको दोश्रो अवधी जेठ २ गते राति १२ बजेसम्म कायम छ । दोश्रो चरणको निषेधाज्ञामा वित्तिय क्षेत्रलाई समेत कडाई गरिएको छ । यसअघि वित्तिय क्षेत्रका सहकारी, बैंक र विमा कम्पनीहरु निर्वाध संचालन भएका छन् । वित्तिय क्षेत्र अन्र्तगत बैकहरु आलोपालो गरी संचालन भएका छन् । त्यस्तै सहकारीहरु साताको दुई दिन मात्र संचालन भएका छन् । केहिले जर्बजस्ति जोखिम मोलेर सेवा सुचारु गरिरहेका छन् । बंक र सहकारी नियमित संचालन हुँदा निषेधाज्ञा कार्यान्वयनमा जटिलता देखिएको थियो । सडकमा भिडभाड बढेसँगै प्रशासनले वित्तिय क्षेत्रको ब्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
भिडभाड नियन्त्रण गर्न बजार खुल्ला हुने समयमा समेत हेरफेर गर्न समितिर्ला सुझाव दिईएको थियो । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको कोभिड रोग नियन्त्रण सम्बन्धी बैठकमा सहभागिहरुले बजारमा भिडभाड रोकिन नसकेकाले खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु खुल्ला रहने समय परिवर्तन गर्न सुझाव दिएका हुन् । स्थानीय प्रशासनले जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको छ । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र निषेधाज्ञामा छ । पनौती, बनेपा र धुलिखेलका केहि क्षेत्र संक्रमणको मुख्य केन्द्र बनिरहेको छ ।
पालिकाका मुख्य केन्द्रहरु शहरोन्मुुख भएकाले पालिकाहरु स्वयं आफुले भिडभाड नियन्त्रणका लागि योजना बनाई कार्यान्वयन गर्ने भए पनि सर्वसाधारणहरुको जमघट बाक्लै छ । बनेपा धेरै संक्रमित भएको नगरपालिका हो ।





