2026 July 07/ 04:41: 31am

    बनेपा/बनेपा नगरपालिका वडा नम्बर ९ स्थित ठकुरी गाँउमा महाँकाल भुग्देउ रियल स्टेट एण्ड कन्ट्रस्सन प्रालिको अगुवाईमा महाँकाल मन्दिर निर्माण गरिएको छ । 
    नगरको पर्यटन क्षेत्रलाई सहयोग पु¥याउन धार्मिक आस्थामा समेत मद्दत पुगोस भन्ने उदेश्यले  मन्दिरको निर्माण गरिएको प्रालिका अध्यक्ष दिपक थापाले बताउनु भयो । वडाको पहिचान तथा पर्यटकको हिसाबले समते उक्त ठाँउमा उपयुक्त हुने भएकाले ठकुरी गाँउमा नै उक्त महाँकालको मन्दिर निर्माण गरिएको थापाले बताउनु भयो । मन्दिर निर्माण सगै उक्त ठाँउमा ट्रष्ट, १ सय १६ वटा सिँढी, रेलिङ बार, शौचालय, चौतारो लगाएतका निर्माण कार्य गरिएको बताएको छ । निमार्णका लागि विभिन्न ब्यक्ति तथा संस्थाले सहयोग गरी २७ लाखमा निर्माण सम्पन्न भएको थापाले बताउनु भयो । मन्दिर निर्माण सम्पन्न पश्चात पुर्व सांसद कञ्चनचन्द्र बादेले मन्दिरको उद्घाटन गर्नु भएको थियो । मन्दिर निर्माण सगै महाँकालको मुर्ति स्थापना गरिएको थियो । 
    सोहि अवसरमा बाजागाजा सहित मूर्तिको स्थापना गरिएको प्रालिका संचालक ऋषि सापकोटाले बताउनु भयो । सबै जातजाती, धर्म र सस्कृतिको जर्गेनाका लागी उक्त मन्दिरको स्थापना गरी पर्यटकहरुलाई आर्कषित गर्न सहज हुने भएकाले मन्दिर निर्माण गरिएको सापकोटाले वताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष शेरबहादुर सुवाल, स्थानीयवासीहरु लगाएतको सहभागिता रहेको थियो ।