2026 July 07/ 04:41: 25am

    धुलिखेल/बिश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ रोगको नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि दिन प्रति दिन बृद्धी हुँदै गईरहेको अवस्थालाई मध्यनजर राखी कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागी ‘तपाईको मास्क खोई ?’कार्यक्रम संचालन गरेको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाका बढी जनघनत्व भएको सहरी क्षेत्र धुलिखेल, बनेपा, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बिभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालयर प्रहरी चौकी समेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मास्क नलगाई हिड्ने सर्वसाधारण नागरिकहरुलाई यात्रा गर्दा मास्क लगाई हिड्न सम्झाई बुझाई गरी अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल÷यात्रा नगर्नु हुन र हिँडडुल÷यात्रा गर्नु परेमा मास्क लगाएर मात्र हिडडुल गर्न सचेत गराई सर्वसाधारण तथा जेष्ठ नागरिकहरुलाई मास्क बितरण गरिएको छ । पटक–पटक सम्झाई बुझाई गर्दा समेत अटेर गर्ने २५ जनालाई प्रति व्यक्ति एक सय रुपैयाँका दरले जरिवाना गरिएको छ ।