2026 July 07/ 04:41: 32am

    धुलिखेल/धुलिखेल नगरपालिकामा ‘स्वस्थ्य सहर’ अन्तर्गत विभिन्न कार्यक्रम अघि बढाईरहेका बेला भारत सरकारले धुलिखेल नगरपालिकालाई अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स सहयोग गरेको छ । 
    नगर प्रमुख अशोक ब्याञ्जुले एम्बुलेन्स प्राप्त गरेसँगै नगरबासीलाई स्वास्थ्य सेवा लिन मद्दत पुग्ने बताउनु भयो । ‘अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स भारत सरकारबाट सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्दछु’– नगर प्रमुख ब्यान्जुले भन्नुभयो– ‘नगरलाई स्वस्थ्य शहर बनाउने अभियानमा उर्जा थपिएको छ ।’ नगरमा शिक्षा, स्वास्थ्य, सडक र पार्क सहित हरित नगर बनाउने योजना पुरा हुँदै गएको उहाँले बताउनु भयो । नगरले कानुन निर्माण, प्रत्येक वडामा पार्क, १ घर १ धारा, प्रत्येक वडामा स्वास्थ्य चौकी, पक्की सडक निर्माण, विद्यालय निर्माण लगाएत विकासमा कार्यहरु भएको ब्यान्जुले बताउनु भयो । निर्वाचनका समयमा प्रतिबद्धता गरेका कामहरु ९० प्रतिशत पुरा भएको र बाँक काम पुरा हुने क्रममा रहेको ब्यान्जुले बताउनु भयो ।