पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली
बनेपा/नेपाल पत्रकार महासंघको देशभर एकै साथ आगामी चैत्र २५ गते निर्वाचन हुने भएको छ । कोभिडको कारण एक वर्ष ढिला गरी भएको निर्वाचन कार्यक्रम पहिलो पटक संघीय संरचनाका तीनै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत मतदान हुन लागेको हो । केन्द्रिय निर्वाचन समितिले चैत्र १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरी १४ गते शनिबार केन्द्रिय समितिका लागि मनोनयन दर्ता गरेको हो ।
आज विहिबार चैत्र १९ गते प्रदेश समितिहरुमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको निर्वाचन समितिका संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो । जिल्लाहरुको हकमा चैत्र २२ गते आईतबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । यो पटक निर्वाचन मात्रै हुने भएकाले जिल्ला, प्रदेश र केन्द्रिय समितिको साधारण सभा यस अघि सम्पन्न भईसकेको छ । काभ्रे शाखाको निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको सचिव नगेन्द्र अधिकारीले जानकारी दिनु भएको छ । जिल्लामा १ सय २४ जना मतदाता कायम भएका छन् । जसमध्ये दुईजना बैदेशिक रोजगारीमा हुनुहुन्छ । १ सय २२ जनाले मतदानमा भाग लिने महासंघले जानकारी दिएको छ । महासंघको निर्वाचन आफ्नै भवन बनेपा नगरपालिका वडा नम्वर ६ बुडोलमा हुने अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनु भयो ।
जिल्ला कार्य समितिका लागि अध्यक्ष, उपाध्यक्ष खुल्ला र महिला, सचिव, सह सचिव खुल्ला र समावेशी, कोषाध्यक्ष, महिला सदस्य, दलित सदस्य, जनजाती सदस्य, मधेशी सदस्य, अन्य समावेशी र खुल्ला सदस्य पदमा निर्वाचन हुनेछ । तोकिएका समुहमा सदस्य नभएको हकमा उक्त पदहरुमा पनि खुल्ला सदस्यका रुपमा निर्वाचन हुनेछ । त्यस्तै प्रदेश तथा केन्द्रिय समितिका लागि परिषद्मा सदस्यहरु निर्वाचित हुने ब्यवस्था छ । प्रदेश समितिका लागि १५ सदस्य बराबर एकजना र केन्द्रिय परिषद्का लागि ५० जना बराबर एकजना परिषद् सदस्य रहने ब्यवस्था गरिएको छ । जिल्लाको हकमा २८ पदमा निर्वाचन हुनेछ । निर्वाचनका लागि आवश्यक तयारी सकिएको महासंघले जानकारी दिएको छ । सम्पूर्ण सदस्यहरुलाई उक्त दिन विहान ९ बजे देखि दिउँसो ५ बजेसम्म मतदान कार्यक्रममा सहभागी हुन महासंघले आग्रह गरेको छ ।
पत्रकार महासंघ काभ्रे शाखाले चार वर्षमा के ग¥यो ?
पूर्वाधार तर्फ
– भवनको प्रि–फ्याबको तल्ला थप
– तल्लो तल्लामा पार्टेसन, कम्पाउण्ड निर्माण, भवन प्रोटेसन वाल
– महासंघको भवनसम्म पुग्ने सडक फराकिलो, ग्राभेलिङ्ग, पिचका लागि तयारी (बजेटको आश्वासन)
– पक्कि नाली निर्माण
– महासंघ परिसरमा पार्क निर्माण, भवनको अगाडी गुठीको जग्गामा पार्क निर्माण
– महासंघको भवन अगाडीको गुठी जग्गा महासंघले प्रयोग गर्न सक्ने गरी सहमति कायम । उक्त जग्गा कम्पाउण्ड गरी सुरक्षित राखिएको ।
– कार्यालयमा फर्निचर लगायतका आवश्यक सामाग्रीको ब्यवस्थापन ।
– रोटरी क्लब धुलिखेल र रोटरियन अशोक श्रेष्ठको सहयोगमा जनवरी १४ मा ६ थान कम्प्युटर, एक थान प्रोजेक्टर प्राप्त ।
– बागमती प्रदेश सरकारको तर्फबाट दुई थान विपद्मा रिपोर्टिङ्ग गर्ने सामाग्री सहितका दुई थान ल्याव प्राप्त ।
– भवन भाडामा लगाउँदै निरन्तर रेखदेख र सरसफाई ।
– निःशुल्क इन्टरनेटको ब्यवस्थापन ।
– खानेपानीका लागि अस्थायी रुपमा इनारको ब्यवस्थापन ।
स्वास्थ्य तर्फ
– पत्रकार कल्याण कोषको स्थापना । (उक्त कोषको कार्यविधि तयार गरिएको छ । कार्यविधि अनुसार पत्रकारहरुलाई ३० हजारसम्म राहत उपलब्ध गराईने छ । १० लाखको कोषको ब्यवस्थापन गर्ने योजना अनुसार ५ लाख जम्मा गरिसकिएको छ । उक्त कोषबाट पत्रकार शिव पन्तलाई सहयोग गरिएको छ ।)
– तत्कालिन सदस्य राजकुमार गोलेको पत्थरीको शल्यक्रियामा महासंघको पहलमा धुलिखेल अस्पतालमा निःशुल्क उपचार सेवा उपलव्ध गराइएको ।
– पत्रकारहरुको नियमित उपचारका लागि बनेपा हेल्थ केयरसँग सम्झौता । उपचार र औषधी खरिदमा छुटको ब्यवस्था ।
– १ सय ३५ जना पत्रकारहरुको कोरोना विमा (महासंघको सदस्य भएका र सदस्य नभएका तर कृयाशिल पत्रकारहरुको विमा गरिएको छ । जस अन्र्तगत हालसम्म १६ जना पत्रकारहरु संक्रमित हुनु भएको छ । अधिकाशंको विमा बापतको रकम प्राप्त भईसकेको छ ।)
– दुर्घटना विमा (हरेक वर्ष पत्रकारहरुको दुर्घटना विमा गर्ने गरिएको छ । सूचना विभागको परिचयपत्र भएका पत्रकारहरुको विमा हुनेछ । गत वर्ष पत्रकार प्रल्हाद शर्मा हुमागाईले पत्रकारहरुको दुर्घटना विमा कोषबाट नेपालमै पहिलो पटक भुक्तानी पाउनु भएको छ । हरेक विमामा पत्रकार महासंघ आफैले रकमको ब्यवस्थापन गर्ने गरेको छ ।)
– पत्रकारहरुको लागि प्राथमिक उपचारको किट बक्स उपलव्ध ।
– १ सय २० जना पत्रकारहरुले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको छ ।
महत्वपूर्ण कृयाकलाप
– २०७४ पौष २ गते पत्रकार महासंघको रजत महोत्सव सम्पन्न ।
– संस्थापकहरुको सम्मान ।
– स्मारिका प्रकाशन ।
– सदस्यता शुद्धिकरण ।
– स्थानीय सरकारसँगको समन्वयमा मिडियामैत्री कानून निर्माणमा सहजीकरण ।
– केन्द्रिय समितिको बैठक संयोजन ।
– न्युनतम पारिश्रमीक निर्धारण समितिसँगको अन्र्तक्रिया, जिल्लाका संचारमाध्यमको अनुगमन ।
– विज्ञापनमा एकरुपता । सहजिकरण ।
– पत्रकारहरुलाई विभिन्न मितिमा राहत सहयोग (कोरोनाको समयमा २१ जना पत्रकारहरुलाई खाद्यान्न लगायत उपलब्ध । ५५ जनालाई संकटको समयमा ज्याकेट वितरण । यसअघि सबै सदस्यहरुलाई परिचयपत्र र ज्याकेट उपलब्ध गराईएको थियो । )
– पत्रकारहरुको सुरक्षाका लागि विभिन्न कार्यक्रम संचालन ।
– परिचयपत्रको नियमितता, प्रेस ज्याकेट उपलब्ध ।
– प्रदेश समितिको निर्वाचन र दुईवटा साधारण सभा सम्पन्न ।
– जिल्लाको विकास र समृद्धका लागि, नागरिकहरुको अधिकारका लागि महासंघले खेल्नुपर्ने भूमिका, सहभागितात्मक प्रतिनिधित्व र नागरिकहरुका अधिकारहरु स्थापित गर्ने अभियान ।
– शुभकामना आदान प्रदान ।
– महासंघको लोगो प्रकाशन ।
– देशभरका उत्कृष्ट शाखाहरुमा काभ्रेपलाञ्चोक जिल्ला केन्द्रिय साधारण सभामा पुरस्कृत ।
– पत्रकारहरुको सामुहिक बनभोज ।
– अन्तर जिल्ला भ्रमणको शुरुवात । अनुभव आदान प्रदान ।
– महासंघले २०७४ जेष्ठ ६ गते निर्वाचित भए पछि २०७७ मसिर १० गते सम्म गरेका निर्णयहरुको पुस्तिका सार्वजनिक । (यो नेपालमै पहिलो र एक मात्र शाखा हो ।)
बैठक
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको १० औ जिल्ला अधिबेशनबाट २०७४ साल जेष्ठ ६ गते निर्वाचित भई जेष्ठ १७ गते पदस्थापन भएपछि शाखाको नियमित बैठक बस्न शुरु गरिएको छ । हरेक महिनाको पहिलो शुक्रबार नियमित बैठक बस्ने परम्परा थालनी भएको छ भने अन्य समयमा आवश्यकता अनुसार महासंघको बैठक आयोजना गरिएको छ । कार्य समिति निर्वाचित भएदेखि २०७७ फागुन मसान्तसम्म ४२ वटा बैठक सम्पन्न भएका छन् ।
तालिम/अन्तरक्रिया
नेपाल पत्रकार महासंघको यो कार्यसमिति निर्वाचित भइसकेपछि हामीले पत्रकार साथीहरुको क्षमता विकासमा जोड दिदै आएका छौं । यो अवधीमा महासंघ आफैले र केही पालिकाको आयोजना र सहयोगमा पत्रकारिता तालिम सञ्चालन गरेका छौं । यसअघि जिल्ला समन्वय समिति (तत्कालिन जिल्ला विकास समिति) काभ्रेको सहयोगमा २ दिने एड्भान्स पत्रकारिता तालिम सञ्चालन गरेका थियौं । धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य सेवा र सञ्चारको भुमिका बारे अन्तरक्रिया, नेपाल मानवअधिकार आयोगको आयोजना र महासंघको समन्वयमा मानवअधिकार र सञ्चार विषयक प्रशिक्षण, जिल्ला निर्वाचन कार्यलयको आयोजना र महासंघको समन्वयमा ‘निर्वाचन र सञ्चार विषयक’ अनुशिक्षण जिल्ला निर्वाचन कार्यलयको आयोजना र महासंघको समन्वयमा ‘निर्वाचन र सञ्चार विषयक’ अनुशिक्षण, राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हक र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहयोगमा जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अवस्थाबारे छलफल भएको छ ।
- २०७५ असार १ गते न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहयोगमा जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था बारेमा धुलिखेलमा अन्तरक्रिया सम्पन्न भयो ।
- २०७५ असार १ गते राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकबारे प्रदेशस्तरीय अन्तरक्रिया धुलिखेलमा सम्पन्न भयो ।
- प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा काभ्रेको संयोजनमा २०७५ असोज २६ गते बनेपामा सरोकारवालाहरु समेतको सहभागितामा पत्रकार आचारसंहिताबारे सार्वजनिक सुनुवाई सम्पन्न भयो ।
- २०७५ चैत्र १८ गते नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा सञ्चारमाध्यममा आन्तरिक सुशासन र स्वनियमनको प्रवद्र्धनको लागि स्वमुल्याकंन कार्यक्रम धुलिखेलमा सम्पन्न भयो ।
- २०७५ चैत्र १२ र १३ गते धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेलमा विकास पत्रकारितासम्बन्धी आधारभूत तालिम सम्पन्न भयो ।
- २०७६ जेठ ३१, असार १ र २ गते बेथानचोक गाउँपालिकाको सहयोगमा धुलिखेलमा आधारभूत पत्रकारिता तालिम सम्पन्न भयो ।
- २०७६ साउन ११ र १२ गते नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना, बनेपा र मण्डनदेउपुर नगरपालिकाको सहयोगमा नगरकोटमा स्थानीय सरकार मामिलामा खोज पत्रकारिता तालिम सम्पन्न भयो ।
- २०७६ मंसिर १३ गते रोशी गाउँपालिकाको सहयोगमा बनेपामा रेडियो पत्रकारिता विकास तालिम सम्पन्न भयो ।
- २०७७ चैत्र १३ गते शुक्रबार आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा एक दिने तालिम सम्पन्न
- मोजो तालिम (मोवाईल जर्नालिजम)
- स्वास्थ्य सेवा र सञ्चारको भुमिका बारे अन्तरक्रिया ।
- मानवअधिकार र सञ्चार विषयक अन्र्तक्रिया ।
- सूचनाको हक र न्यूनतम पारिश्रमिक निर्धारण सम्वन्धी अन्र्तक्रिया ।
- ‘निर्वाचन र सञ्चार विषयक’ अनुशिक्षण ।
सिफारिस
- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले माग गरेको विवरण बमोजिम ३० वर्ष पत्रकािरता गरिसकेका पत्रकारहरुका लागि पेन्सनको ब्यवस्था गर्न शाखाका जेष्ठ सदस्य मोहन दुवाल र रमा कर्णजितलाई सिफारिस गरियो ।





