बनेपा/चैतन्य माध्यमिक विद्यालयको हिरक जयन्ती बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बादेले नगर भित्र सम्पुर्ण सामुदायीक विद्यालयमा कक्षा ५ सम्म विद्यार्थीहरुलाई दिवा खाजा, कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण, विभिन्न शिर्षकमा छात्राबृत्ति प्रदान गरेको बताउनु भयो । नगरले दरबन्दी मिलान गरी बढि भएको विद्यालयबाट नपुगेको विद्यालयमा पठाएको बताउनु भयो । नगरपालिकाले शिक्षामा लगानी गरे अनुरुप विद्यालयहरुले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने भयो । नगरले विद्यार्थीहरुको शिक्षा खेलकुदको क्षेत्रमा ध्यान दिएकाले विद्यालयहरु अभिभावक, ब्यबस्थापन समिति जिम्बेवार बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रधानाध्यापक जुजुभाई मानन्धरले प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा शैक्षिक सत्र २०७७ मा ४ सय ५७ विद्यार्थी र शिक्षक कर्मचारी गरी २१ जना रहेको बताउनु भयो । विद्यालयको २२ आना ३ पैसा जग्गामा भवन बनेको बताएको थियो । कोरोना भाईरसका कारणले अझै पनि विद्यार्थीहरु त्रसित भई नियमित विद्यालय आउन नसकेको मानन्धरले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दानबहादुर मानन्धर, शिक्षा शाखाका शिबराज त्रिपाठी, शिक्षक पशुपति सिलवाल, विद्यार्थी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एस ई ई सी उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा कक्षा ११ मा भर्ना भएकालाई स्वागत गरिएको थियो । कार्यक्रममा हिरक जयन्तीको अवसरमा प्रकाशित स्मारीका प्रमुख अतिथी बादेले विमोचन गर्नु भएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राजभाई मानन्धरको सभापतित्वमा र शिक्षक रोजी मुनाकर्मिले गर्नु भएको थियो ।





