2026 July 07/ 01:56: 30am

अरुण केसी/बनेपा
नेपाल सरकारले ६५ वर्ष देखी माथिका जेष्ठ नागरीकहरुलाई  कोभिड–१९ रोग विरुद्धको खोप अभियान शुरु गरे सँगै बनेपा नगरपालिकाले पनि नगरपालिकाको  टुकुचा स्वास्थ चौकिबाट खोप अभियान शुरु गरेको छ । 
खोप शुरुवात अभियानको बनेपा नगर प्रमुख लक्ष्मी नर्सिङ बादेले गर्नुभयो । बादेले नगरबासीहरुलाई स्वास्थ बनाउन सबै नगरबासीहरुले सहयोग गर्नुपर्ने बताउनु भयो । कोरना रोग मात्रै नभएर सम्पूर्ण रोगहरुको उपचारमा नगरले सहयोग गर्ने बादेले बताउनु भयो । नगरपालिकााले नगरबासीहरुका लागि आँखाको मोतियाविन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिरहेको, महिलाहरुको पाठेघर सम्बन्धि निःशुल्क उपचार गरिरहेको र नगरका सबै वर्गलाई समेट्दै जाने बादेले वताउनु भयो । खोपअभियान कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, स्वास्थ कार्यलय प्रमुख डा. नरेन्द्र झा, नेपाल पत्रकार महासंघ अध्यक्ष मोतिराम तिमल्सिना, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश श्रेष्ठ, १ नम्बर वडा अध्यक्ष पितामबर दुलाल, २ नम्बर वडा अध्यक्ष हरिशरण घिमिरे, डा. शिशिर बन्जारा लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा नगरका सबै वडामा खोप अभियान सञ्चालन गर्ने र उक्त अभियान चैत्र १ गते नगरपालिका स्वास्थ्य शाखामा समापन गरिने बताएको छ । प्रशिक्षार्थी पत्रकार