निर्माण शुरु भएका र केहि सम्पन्न भईसकेका नेपाल टेलिकमका फोरजी टावरहरु मध्ये बनेपा नगरपालिकामा १३, धुलिखेल नगरपालिकामा ११, भुम्लु गाउँपालिकामा ५, बेथान्चोक गाउँपालिकामा ३, चौरीदेउरालीमा ३, खानीखोलामा ३, महाभारतमा ४, मण्डनदेउपुर नगरपालिकामा ६, नमोबुद्ध नगरपालिकामा ६, पनौती नगरपालिकामा ११, पाँचखाल नगरपालिकामा ७ , रोशी गाउँपालिकामा ५ र तेमाल गाउँपालिकामा ४ वटा रहेका छन् । टावर निर्माणको प्रकृया तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले गर्नु भएको हो ।
बनेपा/पार्टीको अधिबेशन गर्न कार्यकर्ताहरुले संकलन गरी दिएको ७८ लाख हिनामिना गर्ने नेकपाको पूर्व नेतृत्वले काभ्रेको विकासलाई बादशाह मानिएका पूर्व मन्त्री गोकुल बास्कोटाका विरुद्ध पुष्टि नभएको अफवाह फैलाउन थालेका छन् । समृद्ध काभ्रेका लागि बास्कोटाले सडक, पुल, खानेपानी, पर्यटन, शिक्षा लगायत संचारका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गराएका छन् ।
विश्वविद्यालय निर्माणसँगै जिल्लाका हरेक सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट, कम्प्युटर उपलबध गराएका बास्कोटाले १३ वटा पालिकामा ८१ वटा टेलिकमका फोर जी टावर निर्माणका लागि बजेट विनियोजन गराएका थिए । अधिकांश टावरहरु निर्माण भईरहेका छन् भने केहि टावरहरु निर्माण सम्पन्न भई संचालनमा आईसकेका छन् । हरेक पालिकामा निर्माण गरिएका टावरले सर्वसाधारणले मोवाईलबाट फोरजी सेवा प्रयोगमा ल्याउन पाएका छन् । निर्माण शुरु भएका र केहि सम्पन्न भईसकेका नेपाल टेलिकमका फोरजी टावरहरु मध्ये बनेपा नगरपालिकामा १३, धुलिखेल नगरपालिकामा ११, भुम्लु गाउँपालिकामा ५, बेथान्चोक गाउँपालिकामा ३, चौरीदेउरालीमा ३, खानीखोलामा ३, महाभारतमा ४, मण्डनदेउपुर नगरपालिकामा ६, नमोबुद्ध नगरपालिकामा ६, पनौती नगरपालिकामा ११, पाँचखाल नगरपालिकामा ७, रोशी गाउँपालिकामा ५ र तेमाल गाउँपालिकामा ४ वटा रहेका छन् । टावर निर्माणको प्रकृया तत्कालिन संचारमन्त्री गोकुल बास्कोटाले गर्नु भएको हो ।
कहाँ कहाँ कति टावर ?
बनेपा नगरपालिकामा मात्रै १३ वटा फोर जी टावर निर्माण हुनेछन् । बनेपा नगरपालिका वडा नम्वर १२ को महेन्द्रज्योती, वडा नम्वर ५ को धुन्चे आर्मी क्याम्पको डाँडा र ओपी डाँडामा टावर निर्माण हुनेछन् । त्यस्तै बनेपा नगरपालिका वडा नम्वर ७ को बजार भित्र दुईवटा, वडा नम्वर ८ मा एउटा, बनेपा १३, बनेपा ४, बनेपा ३ मा दुईवटा र बनेपा १० मा दुईवटा गरी १३ वटा टावर निर्माण हुनेछन् । सबै टावरहरु निर्माणको चरणमा छन् ।
बेथान्चोक गाउँपालिकामा तीनवटा टावर निर्माण हुनेछन् । वडा नम्वर ४ को च्यासिङ्गखर्क र वडा नम्वर ६ को भुग्देउ महाँकालको डाँडामा टावर निर्माण हुनेछ । त्यस्तै ललितपुर जिल्लाको महाकांल गाउँपालिकालाई समेत हुने गरी वडा नम्वर १ च्याम्ब्राङ्गबेशीमा टावर निर्माण हुनेछ ।
भुम्लु गाउँपालिकामा ५ वटा टावर निर्माण हुनेछ । वडा नम्वर १० दोलालघाट, वडा नम्वरको ज्याम्दी र भुम्लु ८, वडा नम्वर ७ को सल्लो भुम्लु, वडा नम्वर १ मा टावर निर्माण हुँदैछ । टेलिकमले टावरले देखाएको लोकेसनका आधारमा स्थानको नाम चयन गरेको छ । तर नयाँ संरचना अनुसार पालिकाका वडाहरुको लोकेसनलाई आधार बनाईएको छ ।
चौरीदेउराली गाउँपालिकामा तीन वटा टावर निर्माण हुनेछन् । वडा नम्वर १, ६ र ७ मा टावर निर्माण भईरहेको छ । नागे्रगगर्चे, कात्तिकेदउराली र मादन कुँडारीमा टावर राखिएको छ ।
धुलिखेल नगरपालिकामा ११ वटा टावर निर्माण भईरहेका छन् । वडा नम्वर ७ मा २ वटा, वडा नम्वर ६ मा ३ वटा, वडा नम्वर ४ मा २ वटा, वडा नम्वर ५ का १ वटा, वडा नम्वर ११ मा एउटा, वडा नम्वर १ मा २ वटा, वडा नम्वर १० मा एउटा टावर निर्माण हुँदैछ ।
खानीखोला गाउँपालिकामा तीनवटा टावर निर्माण भएको छ । वडा नम्वर ३ मा एउटा, वडा नम्वर ६ साल्धारा र वडा नम्वर ७ छ्याङ्गछ्याङ्गगढीमा टावर निर्माण भएको छ । साल्धारामा निर्माण कार्य सम्पन्न भई फोरजी संचालनमा आईसकेको वडा अध्यक्ष मानवबहादुर गोलेले बताउनु भयो ।
महाभारत गाउँपालिकामा चारवटा टावर निर्माण हुनेछन् । वडा नम्वर ६ को बनखु, वडा नम्वर ५, वडा नम्वर २ को फोक्सिङ्गटार, वडा नम्वर २ को घर्तिछापमा टावर निर्माण हुनेछन् ।
मण्डनदेउपुर नगरपालिकामा ६ वटा टावर निर्माण हुनेछन् । वडा नम्वर १०, वडा नम्वर ७ मा दुईवटा, वडा नम्वर ८ मा दुईवटा, वडा नम्वर २ नाल्दुममा टावर निर्माण हुँदैछ ।
नमोबुद्ध नगरपालिकामा ६ वटा टावर निर्माण हुनेछन् । वडा नम्वर ९, ११, ५ मा टावर निर्माण हुनेछ भने वडा नम्वर २ मा दुईवटा टावर निर्माण हुँदैछ ।
पनौती नगरपालिकामा ११ वटा टावर निर्माण भईरहेको छ । वडा नम्वर ३, २, ५ मा एउटा एउटा टावर निर्माण हुनेछ । त्यस्तै वडा नम्वर १० मा दुईवटा, वडा नम्वर ४ मा दुईवटा, वडा नम्वर ८ मा दुईवटा तथा वडा नम्वर ७ र वडा नम्वर १ मा एउटा एउटा टावर निर्माण भईरहेको छ ।
पाचखाल नगरपालिकामा ७ वटा टावर निर्माण भईरहेका छन् । पाँचखाल नगरपालिकाको वडा नम्वर १, ८, १३, ९ र ३ नम्वर वडामा एउटा एउटा टावर निर्माण हुनेछ भने वडा नम्वर ४ मा दुईवटा टावर निर्माण भईरहेका छन् ।
रोशी गाउँपालिकामा पाँच वटा टावर निर्माण भईरहेका छन् । वडा नम्वर ४, ९, ११, २ र ६ नम्वर वडाका लागि टावर निर्माण गर्न लागिएको हो । उक्त स्थानमा टावर निर्माणको कार्य सम्पन्न भए लगत्तै फोरजी सेवा संचालन हुनेछन् ।
तेमाल गाउँपालिकामा चारवटा टावर निर्माण हुनेछ । सुनकोशी गाउँपालिकामा राखिने टावर तेमाल गाउँपालिकाका वडाहरुका लागि काम गर्नेछ । सुनकोशी गाउँपालिकाको वडा नम्वर १, तेमाल गाउँपालिकाको वडा नम्वर ७ मा दुईवटा र वडा नम्वर ९ मा एउटा टावर निर्माण हुनेछ ।





