2026 July 06/ 11:25: 53pm

    बनेपा/परिवर्तन भर्चुअल तेक्वान्दो राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता सम्पन्न रोल्पा तेक्वान्दो ITF संघद्वारा आयोजित प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो ९क्ष्त्ँ० राष्ट्रिय खुल्ला प्रतियोगितामा काभ्रे तेक्वान्दो ITF एकेडेमी राष्ट्रिय च्याम्पियन हुन सफल भएको छ । 
उक्त प्रतियोगितामा सातै प्रदेशका जम्मा ६ सय २२ जना खेलाडीहरु एल्लो बेल्ट देखि ब्ल्याक बेल्ट थर्ड डान सम्म भाग लिएका थिए । त्यस मध्ये काभ्रे तेक्वान्दो ITF एकेडेमीका खेलाडीहरुले ५ वटा गोल्ड मेडल, ३ वटा सिलभर मेडल तथा ४ वटा ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
    महिला पहेँलो पेटीतर्फ प्रकृति मल्ल प्रथम, बन्दना अवा द्वितीय तथा प्रान्जल श्रेष्ठ र तुलसी गौतम तृतीय भएका छन्  । ग्रीन बेल्ट महिलातर्फ कृति शाक्य प्रथम, रिभा तौजले द्वितिय तथा साइना श्रेष्ठ तृतीय भएका छन् । त्यसैगरी महिला निलो पेटीतर्फ रबिना थापा मगरले प्रथम स्थान हासिल गरेकी छिन् भने महिला रातो पेटी तर्फ सृष्टि मल्लले द्वितिय स्थान हासिल गरेकी थिईन् । त्यस्तैगरी पुरुष पहेँलो पेटी तर्फ बिराज सुवाल प्रथम तथा राज बोहराले तृतिय स्थान हासिल गरेका छन् । पुरुष हरियो पेटीतर्फ सशांक नापितले प्रथम स्थान हासिल गरेका छन् । कार्यक्रममा पदक जित्ने काभ्रे एकेडेमीका सबै बिजयी खेलाडीहरुलाई काभ्रे तेक्वान्दो ITF एकेडेमीका प्रमुख राज मन्दिर श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उक्त प्रतियोगिता पौष ११ गतेदेखी १५ गते सम्म भएको थियो ।