संस्थाको शेयर पूँजी, रु.२ अर्व ४४ करोड ८८ लाख १९ हजार
बनेपा/काभ्रेपलञ्चोक तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता सम्पन्न गरेको छ ।
साधारण सभा समापनमन कार्यक्रमका प्रमुख अतिथि मिनराज कडेलले नेपालको सहकारी अभियानमा गौरव गर्न लायक सहकारी संस्था विन्धवासिनी संस्था रहको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार तथा सिल्भर ब्राण्ड प्राप्त गर्ने अग्रणी संस्था रहेको बताउनु भयो संस्थाले वित्तीय सेवामा उत्कृष्टता हाँसिल गरेको र अब सदस्यको जीवनयापनका लागि उत्पादन र ब्यवसायसंग जोडिने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने बताउनु भयो । सोही क्रममा सरकारले सहकारीमैत्री कानुन ल्याउन नसकेको र सोको लागि महासंघले पहल पैरवी कदम चालेको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि नेफ्स्कुनका अध्यक्ष परितोष षौडेलले विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको सफलता भनेकै नेफ्स्कुनको सफलता भएकाले विन्धवासिनीको हरेक सफलतासंग नेफस्कुनले गौरव गर्दै आएको धारणा ब्यक्त गर्नु भयो । विन्धवासिनी गन्तव्य सहकारी संस्था भएकाले नेपालका आम सहकारी सहकारीहरुले पनि यसले गरेका कार्यहरुको अनुशरण गर्दै सहकारी संस्थालाई प्रविधिमैत्री बनाउनु पर्ने बताउनु भयो । साथै पौडेलले उद्यमशिलता विकासका लागि नेफ्स्कुनले उद्यमशिलता प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको र विन्धवासिनीले पनि आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाउन साझेदारी गर्न आग्रह गर्नु भयो ।
त्यसै गरी कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को नवनिर्वाचित काभ्रेपलञ्चोक जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने अध्यक्ष उद्धव सापकोटा, संचालक सदस्य प्रकाश बन्जारा एवम् वागमती प्रदेश सहकारी संघ लि.का संचालक कृष्ण प्रसाद तिमल्सिना र फलफूल तरकारी तथा विउ विजन कृषि केन्द्रीय सहकारी संघ लि.का नव निर्वाचित अध्यक्ष विनोद पराजुलीलाई बधाई तथा सम्मान गरेको थियो ।
कोभिड १९ अर्थात कोरोना भाईरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी मंसिर १० देखि २४ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँ गरी २३ स्थानबाट सदस्य उपस्थिति भेला गराई सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी मंसिर २७ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २७ औं साधारण सभा समापन तथा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङतानले वताउनु भयो । क्षेत्रगत समापन कार्यक्रमबाट छनौट भएका प्रतिनिधिहरुको सहभगितामा संस्थाको आ.ब २०७६÷७७ को कार्य प्रगति प्रतिवेदन, ०७७÷७८ को संशोधित तथा ०७८÷७९ को ५० हजार आठ सय ४७ सदस्य, कूल सम्पत्ति एवं पूजी तथा दायित्व चार अर्ब ६१ करोड ४७ लाख तीन हजार पु¥याउने लक्ष्य सहित प्रस्तावित बजेट तथा कार्यक्रम बजेट सर्वसम्मत रुपमा पारित गरिएको लामाले बताउनु भयो । सभाले विनियम पुनः लेखन, संशोधन, नीति नियम र कार्यविधि संशोधन प्रस्ताव पारित सहित ललितपुर र भक्तपुर जिल्लाभर कार्यक्षेत्र विस्तार गर्ने, सहकारी संस्थासंग विग मर्ज कार्य अगाडि बढाई एकिकरण गर्ने निर्णय सहित कार्यक्रमको समापन भएको थियो ।
समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १ हजार ७ सय ९३ वटा समूह मार्फत ३८ हजार आठ सय १७ जना शेयर सदस्य र सात हजार नौ सय ५३ जना शैक्षिक बाल बचत कर्ता गरी कुल ४६ हजार सात सय ७० सेवाग्राही, रु. ३४ करोड ३८ लाख ९२ हजार छ सय शेयर पूँजी, रु.२ अर्व ४४ करोड ८८ लाख १९ हजार बचत तथा निक्षेप र रु.२ अर्व ५४ करोड ६५ लाख ९७ हजार ऋण लगानीमा वाँकी रहेको रकम र रु. ३ अर्ब ३८ करोड ६४ लाख ८४ हजार कूल सम्पति पु¥याउन संस्था सफल भएको लामाले जानकारी दिनु भएको थियो ।
काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्थाले २७ औं वार्षिक साधारण सभा समापन एवं साधारण सभा निर्णय प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) अध्यक्ष परितोष पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
संस्थाले वित्तीय कारोबार सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकारी कार्यक्रममा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएको र राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय स्तरमा ऋग्ःक्ष् ब्धबचम र ब्ऋऋभ्क्क् क्ष्खिभच द्यचलबम प्राप्त गर्न सफल भएको समेत लामाले जानकारी दिनु भएको थियो ।
साधारण सभामा संस्थाका समिति, उपसमिति, कर्मचारी एवं प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त सभाको संचालन संस्थाका संचालक समितिका सचिव रामशरण भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संचालक समितिका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले राख्नु भएको थियो ।









